१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइएमई लिमिटेड–स्टार अस्पताल सम्झौता

काठमाडौं – आइएमई लिमिटेड र स्टार अस्पतालबीच  स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीले स्टार अस्पतालको सेवामा १५ प्रतिशतसम्म विशेष छुट पाउने छन् । यो छुट सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ।

यो सेवा लिन सेवाग्राहीले आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपिडी शाखामा देखाउनु पर्नेछ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र स्टार अस्पतालको प्रमुख सञ्चालन अधिकृत डा. सन्देश जीसीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: २९ आश्विन २०७५ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App