१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भार्गव विकास बैंकको दसौं वार्षिक साधारणसभा

काठमाडौं – भार्गव विकास बैंकको दसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थापक सेयरधनी तथा साधारण सेयरधनीको सहभागितामा उक्त सभा भएको बैंकले जनाएको छ।

सभाको उद्घाटन बैंकका अध्यक्ष डम्बरबहादुर थापाले गरेका थिए। साधारणसभाले अध्यक्षको प्रतिवेदन, आव २०७४/०७५ को लागि बाह्य लेखापरीक्षक नियुक्ति लगायत आव २०७३/०७४ को वासलात सर्वसम्मतिले पास गरेको छ ।
विशेष प्रस्तावका रुपमा आव २०७३/०७४ सम्मको सञ्चित मुनाफाबाट ५.५५५६ प्रतिशत बोनस सेयर तथा ०.२९२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ।

बोनस सेयर थप गरेपछि बैंकको चुक्ता पुँजी र जारी पुँजी ५० करोड १६ लाख पुग्नेछ  । अधिकृत पुँजी ६० करोड हुनेछ ।
बैंकले तीन जिल्ला कार्यक्षेत्र (बाँके, बर्दिया र दाङ) रहने गरी २०६४ साल भदौमा वित्तीय कारोबार सुरु गरेको थयो।

प्रकाशित: २९ आश्विन २०७५ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App