१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पिपिएलको बैैंकिङ पार्टनर नबिल

सम्झाैतापत्र अादानप्रदान गर्दै नबिल बैंक सिइअाे अनिलकेशरी शाह (बायाँबाट दाेस्राे) र क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा(बीच)। तस्बिर : काैशल

काठमाडौं - पोखरामा कात्तिक ९ गतेदेखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) र नबिल बैंकबीच बैंकिङ सम्झौता भएको छ।

आइताबर एक कार्यक्रमका बीच सम्झौतापत्रमा  क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकार्य अधिकृत (सिइओ) अनिलकेशरी शाहले हस्ताक्षर गरेका थिए ।
नबिल बैंकको प्रधान कार्यालय दरबारमार्गमा भएको सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पनि उपस्थित थिए। ‘पोखरा प्रिमियर लिगको बैैंकिङ पार्टनर हुन पाएकोमा हर्षित छौं । पिपिएलमा सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वस्त छु । नेपाली युवाका लागि क्रिकेट खेल मात्र नभई सबैलाई एकजुट बनाउने माध्यमको बनिरहेको छ,’ नबिल बैंकका सिइओ शाहले भने।

‘पिपिएल नेपाली क्रिकेटका लागि नयाँ सुरुआत हो । पिपिएलले पोखरा सहरलाई उचाइमा पुर्याउनेछ । साथै पोखरालाई क्रिकेट हब बनाउन पनि सहयोग पुग्नेछ,’ पारसले भने। पिपिएलमा विराटनगर टाइटन्स, चितवन राइनोज, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स गरी विभिन्न ६ सहरका टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा चितवन राइनोजले राष्ट्रिय टोलीका कप्तान पारस खड्का, विराटनगर टाइगर्सले युवा लेग स्पिनर सन्दीप लामिछाने, काठमाडौं रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल, पोखरा पल्टनले शरद् भेषावकर, धनगढी ब्लुजले दीपेन्द्रसिंह ऐरी र बुटवल ब्लास्टर्सले सोमपाल कामीलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरिसकेका छन् भने सहभागी ६ टोलीले अक्सनमार्फत खेलाडीहरू पनि भिञ्याइसकेका छन्।

पोखरालाई क्रिकेटको न्युट्रल भेन्यु बनाउने र पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले घरेलु प्रतियोगिताको सर्वाधिक पुरस्कार प्राप्त गर्नेछ। 

 

प्रकाशित: २९ आश्विन २०७५ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App