१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता बाँस्तोलाको अवस्था जटिल

काठमाडौं- नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको अवस्था जटिल बनेको छ। उनलाई शनिबार उपचारको लागि बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरे पनि अस्पतालले ४ बजे डिस्चार्ज गरेको थियो। उनी ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए। उनलाई न्युरो अस्पतालले क्लिनिकल्ली डेथ भन्दै घर पठाएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले चक्र बांस्तोलाको स्थिति निकै जटिल र अहिलेसम्मकै चिन्ताजनक अवस्थामा पुगेको बताएका छन्।

बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए।

(बास्तोलाकी भान्जी सरिता प्रसाईले दिएको सूचनाका आधारमा प्रकाशित यस अघिको समाचारप्रती क्षमाप्रार्थी छौं।)

प्रकाशित: २७ आश्विन २०७५ १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App