१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डाेनेसीयामा बाढी र पहिराे : कम्तीमा २२ काे मृत्यु, दर्जनाैं बेपत्ता

काठमाडाैं - भारी वर्षापछि आएको बाढी र पहिरोले इन्डोनेसीयामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन्। उत्तरी सुमात्रा प्रान्तमा अाएकाे बाढीमा परी एकै स्कुलका कम्तिमा ११ जना बालबालिकाको समेत ज्यान गएकोे छ। बाढीले मुआरा सलादी गाउँमा रहेको एक स्लामिक स्कुलका बालबालिकालाई बगाएको थियो। बाढीमा परी अन्य हराइरहेको विद्यार्थीको खोजिकार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। बाढीले २० भन्दा बढी घर समेत बगाएको छ। घरमा रहेका मानिसहरुलाई समेत बाढीले बगाएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। उनीहरुको खोजि कार्य जारी रहेको छ।

प्रकाशित: २७ आश्विन २०७५ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App