१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरीलाई घूस दिन खोज्ने दुर्इ पक्राउ

काठमाडाैं - प्रहरीलार्इ घुस दिन खाेज्ने २ जना पक्राउ परेका छन्। चेकजाँचका क्रममा खटिएकाे प्रहरीलार्इ घुस दिन खाेज्ने बा ५ ख ४४५२ नं को मिनी टाटा ट्रकका चालक र सहचालकलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे। पक्राउ पर्नेमा रामेछाप घर भर्इ हाल ललितपुर ग्वार्काे बस्ने मिनी ट्रकका चालक ३३ वर्षीय भेषकुमार श्रेष्ठ र २२ वर्षीय सहचालक विनोद श्रेष्ठ रहेका छन्।

मिनी ट्रकमा बालुवा लोड गरी ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट काँडाघारी चोकमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले रोकी चोकजाँच गर्न खोज्दा सहचालक बिनोद श्रेष्ठले रु २०० र चालक भेषकुमार श्रेष्ठले रु ५०० दिन खोजेको अवस्थामा उनीहरुलार्इ ट्रक सहित नियन्त्रणमा लिइएकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

 

प्रकाशित: २६ आश्विन २०७५ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App