१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संसदमा वामदेवको आवश्यकता छ, कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

काठमाडौं– कृषिमन्त्री एवं नेकपाका नेता चक्रपाणी खनालले संसदमा वामदेव गौतमको आवश्यकता रहेको बताएका छन्। यद्यपी गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको उनले स्पष्ट पारे। शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै खनालले भने, ‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केहीपनि छैन। तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा गर्नुभयो भन्नेमात्रै सुनिएको छ।’

यद्यपी उनले नेता गौतमलाई पार्टीको बरिष्ठ नेता भएकोले सुनाउँदै भने, ‘उहाँ पार्टीको बरिष्ठ नेता हो। राजनीतिक हिसाबले महत्वपूर्ण व्यक्ति हुँदै हो। उहाँ चुनाव उठ्नुपर्छ, जित्नुपर्छ भन्ने कुरा आफैंमा ठिक पनि छ। तर, अर्को पक्ष के हो भने त्यो संस्थापक हुनुपर्छ। त्यो पार्टीभित्र छलफल हुनुपर्छ। त्यसको आवश्यकता महशुस हुनुपर्छ।’ 

मन्त्री खनालले नेता गौतमको प्रतिनिधिसभामा आवश्यक रहेको पनि सुनाए। ‘प्रतिनिधिसभामा उहाँको आवश्यकता नहुने भन्ने कुरा होइन, उहाँ आवश्यक छ। तर, चुनाव भएको एक वर्षपनि भएको छैन। अरुलाई राजीनामा गराएर उहाँलाई ल्याउनको लागि केही औचित्यहरु पुष्टि गर्नुपर्छ। यसो गर्दा जनतालाई पनि सहज हुन्छ। यसकारणले उहाँलाई हामीले संसदमा लगेका हौं भनेर पुष्टि गर्नुपर्छ’, उनले थपे। 

‘कार्यकारी राष्ट्रपतिको मुद्दा अगाडि बढाउनुपर्छ’

उनले निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय अहिले दलीय हिसाबले ओझेलमा परेको गुनासो पोख्दै अब अगाडि बढाउने बेला आएको बताए। ‘तर, कार्यकारी राष्ट्रपतिको कुरा असान्दर्भिक चाहीँ होइन्। अहिले पनि यो बहस जारी रहनुपर्छ। कार्यकारी राष्ट्रपतिको बहसपनि सँगसँगै चलिरहँदा यसले हामीलाई बेफाइदा गर्दैन्।’ वर्तमान सरकार सफल हुनैपर्ने मन्त्री खनालको भनाई छ। उनले भने, ‘सरकार सफल हुनुको विकल्प छैन। दुई तिहाई सरकारको विकल्प अरु के हुन्छ अहिले? सानातिना कुराहरु कहीँकतै बिग्रिएका रहेछन भनेपनि त्यसलाई सुधार गर्न सकिन्छ।’

प्रकाशित: २६ आश्विन २०७५ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App