भक्तपुरको फरक दसैं

शुक्रबार, २६ असोज २०७५, १० : ४७ रेणु त्वानाबासु

देशैभरि मनाउने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँं दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू रहने गर्छन् । यीबाहेक पनि दसैंको दस दिन भक्तपुर नगरका ठाउँठाउँमा विभिन्न मेला जात्रा हुने गर्छन्।

भक्तपुरमा घटस्थापना अर्थात् प्रतिपदाको दिनदेखि नवरात जाने चलन चलिआएको छ । दसैंको पहिलो घटस्थापनाको दिन भक्तपुरको पूर्व पर्ने ब्रम्हायणी मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । यस दिन कुनै एक नजिकको तीर्थस्थलबाट माटो लिएर आएर घरमा जमरा राख्ने गरिन्छ।

दसैंको १० नै दिन भक्तपुरका १० ठाउँमा विशेष मेला लाग्ने गर्छ, जसलाई स्थानीयहरू नवरात्र भन्छन्। दसैंको प्रतिपदा अर्थात् पहिलो दिन घटस्थापनामा ब्रम्हायणी, दोस्रो दिन द्वितीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्थी अर्थात् चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्रायणी, सप्तमी सातौ दिन महाकाली, महाअष्ट्रमी आठौं दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ । पहिलो र अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ । यस दिन यो ठाउँमा भक्तपुरसहित काठमाडौं, ललितपुर र भक्तपुरबाट दसौं हजार जात्रालु ब्रम्यहाणी जाने गर्छन् । दश दिन नै बिहान र बेलुका भक्तपुर दरवार स्क्वायरस्थित तलेजु मन्दिर विशेष मेला लाग्ने परम्परा छ । मेलामा नगरभरिका भक्तजनहरू बाजागाजाका साथ उल्लासमय रूपमा सहभागी हुने गर्छन्।

नवरात्रको समयमा भक्तजनहरू एकाबिहानै मेला भर्न जाने गर्छन् । टोलटोलबाट सयौं बाजागाजाका साथ श्रद्धालुहरू नवरात्रको मेलामा पुग्छन् । दैनिक बिहान र बेलुकी गरी दिनमा एक ठाउँंमा प्रत्येक दिन फरकफरक ठाउँमा मेला भर्न जाने गर्छन् । नवरात्र दिनको दुई पल्ट बिहान र बेलुकी जाने गरिन्छ।

नवरात्रको क्रममा बालकालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने गर्छन् । तर पनि युवा उमेरका युवायुवती बढी रमाउने गर्छन् । यो बेला तन्नेरी उमेरका युवायुवती एक–आपसमा जिस्काएर रमाउने गर्छन् । यो अहिलेको नभई उहिलेदेखिकै चलन हो । एकजना वृद्ध रामकृष्ण कोजू पहिला–पहिला युवाहरूले युवतीहरूलाई जिस्क्याउने सम्झन्छन्। ‘पहिला हाम्रो पालामा अरुबेला केटीहरूलाई जिस्काउन हुँदैनथ्यो । तर, दसैंमा नवरात आउने केटीहरूलाई जिस्क्याउन भने छुट थियो, त्यसकारण त्योबेलाको रमाइलो नै भिन्नै थियो,’ उनी स्मरण गर्छन्।

दसैंको यो दिनहरूमा छुट्टाछुट्टै विशेष जात्राहरू हुने गर्छन् । साथै घरघरमा विशेष भोजहरू पनि हुने गर्छ । अष्टमी अर्थात् महाअष्टमीको दिन कुछी भ्वय (दुई माना चिउरा राखेर खाने विशेष भोज) चलन छ । परिवारका प्रत्येक सदस्यलाई दुई–दुई माना चिउरा नापरै राखेर खानुपर्ने चलन छ । त्यसको भोलिपल्ट महानवमीको दिन ढुकुटीमा पूजाआजा गर्ने परम्परा छ । यो दिन आफूले वर्षेभरि चलाएका सामानहरूलाई राखेर पूजा गर्ने परम्परा छ।

भक्तपुरको दसैको अर्काे एउटा विशेष आकर्षण हो, खम्य जात्रा अर्थात् राँगो दौडाउने जात्रा । दसंैको महानवमीका साँझ भक्तपुरको नवदुर्गा मन्दिरमा पालेर राखेको खम्ये (राँगा)लाई दौडाएर जात्रा हुन्छ । नवदुर्गाबाट राँगालाई रक्सी खुवाएर मातन लगाई भक्तपुर नगरभरि दौडाउने चलन छ । राँगालाई ब्रम्हायणीमा त्यही साँझ पु¥याइन्छ । यो जात्रा हेर्न नगरभरिका बाटाहरूमा हजारौं नगरवासीहरू उत्सुकतापूर्वक जात्रा हेर्न गर्छन् । त्यही राति त्यो राँगालाई तान्त्रिक विधि अनुसार बलि दिने चलन छ । साथै घण्टाकर्णदेखि बनाउन सुरु गरेको १३ मुकुण्डोहरू यो दिन ब्रम्हायणीमा देखाउने परम्परा छ।

संस्कृतिविद् ओम धौभडेल दसैं देशभरि मनाउने गरे पनि भक्तपुरको दसैं विशेष आकर्षण रहने सुनाउँछन् । उनका अनुसार दसैंको १० दिनमा भक्तपुरमा विशेष भोज, जात्रा, मेला लाग्ने गर्छ । ‘प्रत्येक दिन एकएक शक्तिपीठमा जात्रा हुने दसैं हो,’ उनले भने, ‘नवदुर्गाको भवानीको उत्पत्ति हुने दशमीको अर्को पक्ष हो ।’ भलबल अष्टमीको दिन मरेको देउता यस दसंैमा उत्पत्ति हुने गर्छ । साथै तलेजु पनि अर्को महत्वपूर्ण पक्ष हो । भक्तपुरमा दशमीको दिन तलेजु मन्दिर पूजा हुने गर्छ।

उनका अनुसार विजयादशमीको दिन तलेजुमा खड्गको पूजा हुन्छ । यसलाई नेवारीमा पायोन्हायाकेगू भन्ने चलन छ । यो दिन प्रेम सम्बन्धमा बसेका जोडीहरूले भागेर विवाह गर्ने गरिन्छ । यसरी यो दिन विवाहलाई कानुनी मान्यता दिइन्छ । यस दिन भागी विवाहबाहेक मागी विवाह, ब्रतबन्ध आदि शुभ कार्यहरू गर्ने चलन छ । यो दिनलाई शुभ साइतको रूपमा लिने गरिन्छ । यस दिन साइत नजुडेका जोडीहरूको विवाह गरिदिने चलन छ।

दसैंको बाजामा झुम्यो भक्तपुर

कृष्ण किसी

दसैंसँगै भक्तपुरका युवायुवती बाजागाजामा मस्त देखिन थालेका छन् । नयाँ पुस्ताका युवायुवती पुराना बाजागाजमा आकर्षित देखिएका छन्।

दसैंसँंगै बुधबारदेखि सुरु भएको नौ राते मेलामा बाजागाजा बजाएर आउने युवायुवतीको संख्या अत्याधिक भेटिएका हुन् । सयौं बाजागाजाको टोलीमा युवायुवतीहरू बाजा बजाएर रमाएको देखिएका हुन्।

मेला भर्न आउने बाजागाजाको टोलीमा युवायुवती विशेष देखिएका थिए। धिमे, बासुरी, झयालीलगायतको बाजागाजाको टोलीमा युवायुवती नै विशेषरूपमा देखिए। यसका अलावा अन्य बाजाप्रेमी पनि बाजागाजा बजाएर समूहसमूहमा आएका देखिए।

दसैंको पहिलो दिन घटस्थापनामा भक्तपुरको ब्रम्हायणीमा मेला लागेको थियो। दसैंको क्रममा यहाँ घटनास्थापनादेखि १० दिनसम्म फरक–फरक शक्तिपीठमा दैनिक मेला लाग्ने गर्छ। (तालिका तल बक्समा छ ।) जस अनुसार पहिलो दिन बिहान र बेलुका दुई समयमा मेला लागेको थियो । मेलामा हजारौं जात्रालुहरू सयौं बाजागाजाका टोलीसँग सहभागी भएका थिए।

मेला भर्न भक्तपुर नगरका टोलटोलबाट बाजागाजासहित शक्तिपीठमा धाउँछन् । एउटै टोलबाट पनि दर्जनौ बाजागाजा टोली मेला भर्न शक्तिपीठ जान्छन् । यस हिसावले दसैंभर विशेष गरेर बिहान र साँझ भक्तपुर नगर बाजागाजाले गुञ्जायमान रहन्छ।

बाजा बजाउँदा संस्कृतिको जगेर्ना मात्रै नभई रमाइलो पनि लाग्ने भएकाले यसप्रति आफूहरूको आकर्षण रहेको युवायुवतीहरू बताउँंछन्। ‘बाजागाजा बजाउँदा रमाइलो लाग्ने भएकाले यसप्रति आकर्षित भएको हुँ, धिमेबाजा बजाएर मेला भर्न आएका एक युवक किरण मचामसीले भने, ‘बाजागाजा बजाउँदाको मज्जै भिन्न हुँंदो रहेछ।’

बाजागाजा बजाएर आउने युवतीको संख्या पनि उत्तिकै देखिएका थिए । पहिलापहिला युवाले मात्रै बजाउने बाजागाजाप्रति युवतीको आकर्षण पछिल्लो समय उत्तिकै देखिन थालेको छ । बाजागाजाको टोलीमा झ्याली बजाएर आएकी सृजना मुस्याख्वले प्रशिक्षणमा सहभागी भई आफूले बाजागाजा सिकेको सुनाइन् । भक्तपुर नगरका टोलटोलमा समयसमयमा सहकारी संस्थालगायतले बाजागाजा प्रशिक्षण दिइँदै आएका छन् । धिमे, बाँसुरीलगायतका तालिम यहाँ चलिरहेका हुन्छन्।

कला, संस्कृति भजन महागुठीका अध्यक्ष जननीप्रसाद मुलले बाजागाजाप्रति युवाको आकर्षण बढेको पाइएको जनाए । यही कारण समयसमयमा हुने जात्रापर्वमा भक्तपुर नगर बाँसुरी, धिमेलगायतका बाजागाजाले गुन्जायमान रहने उनी बताउँछन्।







यसमा तपाईको मत


अन्य समाचार

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...