१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट माआवादी बैठक आह्वान

काठमाडौं— प्रधानमन्त्री कार्यालयको आधिकारिक इमेलबाट नेकपा माओवादी केन्द्रको बैठक आह्वानको सूचना सम्प्रेषण गरिएको छ। सो इमेलअनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले असोज ८ गते केन्द्रीय सचिवालय बैठक आह्वान गर्ने निर्णय गरेको हो।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले संगठनसम्बन्धी निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दकिशोर पुन तथा अर्थमन्त्री कृष्णबहादुर महरा सहितका मुख्य माओवादी नेतालाई लडाकू घोटाला काण्डमा छानवीन अघि बढाएपछि माओवादीभित्र तरङ्ग पैदा भएको छ।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले संगठनसम्बन्धी निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको जनाइएको छ।

संगठनात्मक विषयबारे निर्णय लिन आगामी असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ’, प्रवक्ता पम्पा भुषालले भनिन्।
 

प्रकाशित: ५ आश्विन २०७३ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App