१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय भलिबल खेलाडी मञ्जु र सञ्जय सम्मानित

काठमाडौं- सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नयाँ शंक्ति नेपाल पार्टी संयोजक डा. बाबुराम भंटराईले सम्मान गरे।

सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उप-कप्तान हुन। दुबै एक दशक भन्दा अघि देखी राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आएका छन्। घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन।

सम्मान कार्यक्रममा डा. भट्टराईले खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताए।

‘देशले सोचे अनुसार प्रगति गर्न नसकेको बेला हाम्रा खेलाडीले जनतालाई खुशी दिएको छन्। राजनीतिक मत भिन्नताले देश अप्ठयारो परेको बेला नेपाली खेलाडीले जनतालाई एकता, राष्ट्रियता र सहकार्यका लागी सन्देश दिएका थिए। भलिबल, मलाई मन पर्ने खेल हो। नेपालको माटो सुहाउँदो खेल हो भलिबल।’उनले थपे,‘ खेल्न सहज, गाउँघरमा त भलिबल मानिसको जीवनसँग जोडिएको हुन्छ। हामीले अनुभव गरेको कुरा उनले भने, ‘खेलाडी राष्ट्रको पहिचान हुन । उनीहरुको सफलतामा राष्ट्रले गर्व महशुस गर्छ । उनीहरुलाई सम्मान र प्रोत्साहन जस्ता कार्यक्रम हुनु जरुरी छ । सम्मान गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई धन्यावाद।’

भट्टराईले नेपाली खेलकुदमा थुप्रै सम्भावना रहेको बताउँदै सकारात्मक रुपमा अगाडी बढे धेरै सफलता हासिल गर्न सकिने बताए। उनले थपे, ‘ म प्रधानमन्त्री भएकोबेला खेलाडीको सफलता अनुसार सम्मान गर्नु पर्छ भनेर सम्मानको सूरुआत गरेको थिए । तर पछि त्यसले निरन्तरता पाएन । थुप्रै कमजोरी छन् खेककुदमा। तर हामी आसावादी भएर अगाडी बढनु पर्छ।’

बुधबार सम्मानित भएकी मञ्जु गुरुङले भविष्यमा थप मेहनत र उपलब्धी हासिल गर्ने हौसला मिलेको बताइन्। उनले भनिन, ‘सम्मान गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यावाद। खेलाडीलाई यस्ता सम्मानले हौसला थप्छन । र खेलमा थप मेहनत गर्न प्रेरणा मिल्छ।’ नेपालको खेलकुदलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन हामीले अझै मिहेनत गर्न जरुरी भएको उनले बताइन्।  त्यसको लागि राज्यले वातावरण बनाउनु पर्ने उनको धारणा थियो। प्रशिक्षण, खेल मैदान र खेलाडी प्रति राज्यले दिने उत्प्रेरणाले नै यो सम्भव गुरुङले बताइन्।  

यसैगरी प्रतिष्ठानको अध्यक्ष विश्व विजय जोशीले संस्थाले विगत देखी नै खेलाडीलाई प्रोत्साहन गदै आएको बताए। स्व. सञ्जय मास्के खेल प्रेमी व्याक्ति भएको उनले बताए।

सम्मानित खेलाडी सञ्जय अर्यालले नेपालमा राष्ट्रिय स्तरको खेलाडी भएर जीवन यापन गर्न कठिन अवस्था रहेको बताए। उनले भने, ‘भन्दा हामीलाई दु:ख लाग्छ। नेपालमा विभागीय क्लब नभएको भए नेपालको खेलकुदको स्तर कहाँ पुग्थ्यो। खेलाडीले मैदानमा जति मेहनत गर्छन संघका पदाधिकारीले सक्रिय भएर काम गरेको भए खेलाडीको थुप्रै समस्या समाधान हुने थिए।’

प्रतिष्ठानकी संरक्षक निरोज मास्केले भविष्यमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन।

दुइ वर्ष अघि प्रतिष्ठानले राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पूर्व कप्तान निता शाहलाई सम्मान गरेको थियो।

 

प्रकाशित: ५ आश्विन २०७३ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App