पत्रकारको पारिश्रमिक बढाउने निर्णयको स्वागत

बिहिबार, २५ असोज २०७५, १७ : २८ नागरिक

26


काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न संचार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।

समितिको गत भदौ २४ र २५ गते काठमाडौंमा सम्पन्न बोर्ड बैठकले सञ्चार प्रतिष्ठानहरुको वर्गीकरणका आधारमा ५० प्रतिशतसम्म पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको भए पनि नेपाल सरकारले एकमुष्ठ २५ प्रतिशतको दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गर्नुलाई समितिले सकारात्मक रुपमा लिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले जानकारी दिए।

अध्यक्ष पराजुलीका अनुसार समितिले पत्रपत्रिकालाई राष्ट्रिय, प्रादेशिक र स्थानीय गरी भौगोलिक आधारमा तीन तहमा विभाजन गरी त्यसमा पनि क, ख, र ग गरी तीन श्रेणीमा बाँडेर पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको थियो। यस्तै एफ.एम. रेडियोहरुलाई १ सय वाटसम्म, ५ सय वाटसम्म र ५ सय वाटभन्दा माथि गरी तीन श्रेणीमा तथा टेलिभिजनहरुतर्फ स्याटेलाइट र केबुल तथा टेरेष्टोरियल गरी दुई किसिमबाट छुट्याएर सोही अनुसारको पारिश्रमिक दर कायम गरेको थियो। यसैगरी अनलाइन मिडियालाई राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन श्रेणीमा रहने भन्ने स्वघोषणा गरी सोहीअनुसारको पारिश्रमिकको व्यवस्था गर्न सुझाव दिएकोमा नेपाल सरकार मन्त्री परिषद्को यही असोज २१ गतेको निर्णयअनुसार यस अगाडिको न्यूनतम पारिश्रमिकमा एकमुष्ठ २५ प्रतिशत वृद्धि गरिएको छ र यो निर्णयले मुलुकभरका सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै समितिका अध्यक्ष पराजुलीले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र माननीय मन्त्री गोकुल प्रसाद बास्कोटा प्रति आभार समेत प्रकट गरे।

श्रमजीवी पत्रकारहरुको पक्षमा गरिएको यो निर्णयसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनहरु, मिडिया संचालक एवं संचालकहरु आवद्ध विभिन्न संस्थाहरु गम्भीर र जिम्मेवार बन्न समेत समितिले आग्रह गरेको छ। समितिका अध्यक्ष पराजुलीले श्रमजीवी पत्रकार एवं कर्मचारी कामदारको पारिश्रमिक वृद्धिको निर्णयसँगै समितिको सुझावअनुसार संचार प्रतिष्ठानहरुको सवलीकरणका लागि पनि सरकारले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे।






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon