हराउन थाले लिंगे पिङ र चंगा

बिहिबार, २५ असोज २०७५, १७ : ०५ जनक केसी

92


जाजरकोट - पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा  उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो। त्यतिवेला खलंगाका वजारहरुबाट केहि तल अनि केहि पर पुगेपछि स्याला, कालेगाउँ, वोहरा, रिसांग, रावतगाउँ, पिपे, रिम्ना, वाहुनथान, डिगा, पोख्रा राङसी लगाएतका गाउँहरु र होलुजिउलाका विभिन्न भागहरुमा  लिंगे पिङमा रमाउने र चंगा उडाउनेहरुको भिड देखिन्थ्यो। सदरमुकामका वजार र वस्तीहरुसँगै दुर्गम गाउँका विकट वस्तीहरुमा समेत दशैं तिहारका वेला लिंगे पिङ र चंगा उडेको मज्जाले देख्न पाइन्थ्यो। 

दशैंको घटस्थापनासँगै गाउँगाउँमा लिंगे पिङ वनाउन प्रतिष्पर्धा हुने गर्थ्याे। लिंगे पिङकै कारण गाउँमा एक प्रकारको रमाइलो मात्रै होइन यो एउटा परम्पराको रुपमा समेत स्थापित भएकाे थियो तर अहिले  सदरमुकामका गाउँमा मात्र होइन जिल्लाका कुनै पनि गाउँ वस्तीहरुमा लिंगे पिङ र चंगा उडाइरहेको पाइदैन।

दशैंको घटस्थापनासँगै गाउँगाउँमा लिंगे पिङ वनाउन प्रतिष्पर्धा हुने गर्थ्याे। लिंगे पिङकै कारण गाउँमा एक प्रकारको रमाइलो मात्रै होइन यो एउटा परम्पराको रुपमा समेत स्थापित भएकाे थियो तर अहिले  सदरमुकामका गाउँमा मात्र होइन जिल्लाका कुनै पनि गाउँ वस्तीहरुमा लिंगे पिङ र चंगा उडाइरहेको पाइदैन। खेतमा धानका बाला झुल्न थाले सँगै गाउँका टोलटोलमा चंगा बनाएर उडाउने केटाकेटीको प्रतिष्पर्धा र लिंगे पिङमा वेसरी मच्चिएर रमाइलो गर्ने चलन  लगभग अन्त्य जस्तै भएको भेरी नगरपालिका २ रिसागका राजेन्द्र कार्कीले वताए। 'आजभोलि कतै पनि दशैंका वेला लिंगे पिङ वनाएको र गाँउमा रमाइलो गर्दै रंगीविरंगी चंगाहरु उडाएको  देखिदैन' कार्कीले भने, 'सवै कुराको नक्कल गर्ने नयाँ पुस्ताको चलनले पुरानो मौलिक परम्पराको रुपमा रहेका सवै चलनहरु विस्तारै हराउदै गइरहेका छन्।'

गाउँमा चंगा उडाएको, मौलिक स्थानीय गीतसंगित र वाजाहरुको आवाज घन्किएको र लिंगे पिंङ मच्चिएको देखिन छोडेपछि दशैं तिहार लगाएतका पर्वहरुको रौनक घट्दो रहेको स्थानीय सरोकारवालाहरु वताउछन्। अघिल्लो पुस्ताका मानिसहरुका चलन र परम्परालाइ नयाँ पुस्ताका युवाहरुले निरन्तरता नदिँदा मौलिक चलनहरु ओझेल पर्ने मात्र नभइ हराउने खतरामा परेको जाजरकोटी कला र संस्कृतिका खोजकर्ता राजुराज सिंहले वताए। उनले स्थानीय सरकारहरु, युवाहरु र सर्वसाधारणहरुले सस्कृति संरक्षणतर्फ ध्यान नदिएका कारण  हाम्रा चाडपर्वहरु निरस वन्न पुगेको वताए।संस्कृतिको संरक्षण र मौलिक परम्पराको जगेर्ना गर्ने दायित्व राज्यको भएपनि यसतर्फ कसैको पनि ध्यान नगएको उनले गुनासो गरे।

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले यो विषयमा कुनैपनि जनप्रतिनिधिहरुले कुरा नउठाएपनि आफुले अवको योजनामा स्थानीय मौलिक परम्परा र संस्कृति जगेर्नाको लागि वजेट र कार्यक्रम वनाउने वताए। उनले अव दशैंपछि नै स्थानीय मौलिक परम्पराको लागि पहल गर्ने वताए। वारेकोट गाउँपालिका ५ का ८७ वर्षीय मानवहादुर सिंह पहिले आफुहरुलार्इ आफ्नाे कला, परम्परा र  चलन जोगाउने ठुलो चिन्ता भएको तर अहिलका पुस्तामा त्यो नभएको वताए। 

 









यसमा तपाईको मत

अन्य समाचार

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

नेपालमा पहिलोपटक आधिकारिक रुपमा आउन लागेको जीप ब्राण्डको गाडी हो जीप कम्पास | ...