मानसिक स्वास्थ्य समस्या मानव समुदायको लागि गम्भीर : मन्त्री यादव

बिहिबार, २५ असोज २०७५, १३ : ४४ चिरन शर्मा  | @chiranuk

30


लण्डन- स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धि संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ।

मंगलवारदेखि सुरु भएको दुई दिने सो समेलनले  एक्काइसौँ शताव्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।

 नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री  उपेन्द्र यादवले बुधवार  पूर्ण सत्रलाई सम्बोधन  गर्दै मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या  रहेको बताए ।

निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँच जनामा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख  गर्दै यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको वीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए।

विश्व सम्मेलनको पहिलो दिन उप—प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री  यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केंदलसंग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमा द्धिपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो ।

यादव बेलायती प्रधानमन्त्री टेरिजा मेले  डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा बुधवार आयोजना  गरेको  स्वागत समारोहमा समेत सहभागी भए।

यादवको  नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रवीन्द्र ठाकुर, स्वकीय सहसचिव   अमरेन्द्र यादव र उपसचिव  भवनाथ खतिवडा  रहेका थिए।

 

 







यसमा तपाईको मत

अन्य समाचार

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...