१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्दीपुरमा बढे पर्यटक

फाइल फाेटाे

दमौली–तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटक आगमन बढ्दै गएको छ। चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दीपुरमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ‘दशैँ, तिहार नजिकिँदै छ, यो समयमा पर्यटकको भीड लाग्छ’, उनले भने,‘बन्दीपुरका लागि पर्यटकीय मौसम अब सुरु भयो।’ 

बन्दीपुरका ठूला होटल गाउँघर, वल्डइन, ग्रिनपार्क, फेवा, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेसलगायतमा बुकिङसमेत सुरु भइसकेको छ । अधिकांश पर्यटक बन्दीपुरमा बास बस्ने गरेका छन् । बन्दीपुरमा वनभोजका लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् ।
बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ होटल तथा २२ होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक १ हजार ३०० देखि १ हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ । 

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु हुन् । रासस

प्रकाशित: २५ आश्विन २०७५ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App