१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

युएईका अधिकांश नेपाली संघसंस्था बन्द हुने

युएई— नेपालका गाउँटोल, जिल्ला, जातिलाई प्रतिनिधित्व गर्दै युएईमा खुलेका सयभन्दा बढी संघसंस्था बन्द हुने भएका छन्। युएई सरकारले एउटा देशबाट बढीमा पाँच वटा मात्र सामाजिक संघसंस्थाहरु प्रक्रिया पुर्‍याएर खोल्न पाउने नियम लागू गरेपछि नेपाली संघसंस्थाहरु संकटमा परेका हुन्।

स्थानीय सञ्चार माध्यमकाअनुसार अबदेखि युएईमा सामाजिक संघसंस्था तला क्लब स्थापना गर्न प्रक्रिया पूरा गरेर अनिवार्य रुपमा सामुदायिक विकास मन्त्रालयमा दर्ता हुनुपर्नेछ। त्यसरी दर्ता भएकाहरुलाई मन्त्रालयले लाइसेन्स दिनेछ।

संस्था खोल्न संस्थाको उद्देश्य, संस्थाको नाममा बैंक अकाउन्ट, सदस्य संख्या, संस्थाको कार्यलय र कर्मचारी अनिवार्य गरिएको छ। यी नियम पूरा गर्न नेपाली संघसंस्थालाई कठिन छ।

संस्था खोल्न संस्थाको उद्देश्य, संस्थाको नाममा बैंक अकाउन्ट, सदस्य संख्या, संस्थाको कार्यलय र कर्मचारी अनिवार्य गरिएको छ। यी नियम पूरा गर्न नेपाली संघसंस्थालाई कठिन छ।

नियम तोडेमा कारवाही हुने सामुदायिक विकास मन्त्रालयले जनाएको छ। संघसंस्थाहरु अवैधानिक रुपमा सञ्चालन गरेको भेटिएमा दुई हजारदेखि दश हजार युएई दिराम जरिवाना तिराउने मन्त्रालयले जनाएको छ। मन्त्रालयले प्रत्येक देशबाट पाँच वटा मात्र संस्था वा क्लब दर्ता गर्न पाउनेछन्।

युएई सरकारले विभिन्न देशका संघसंस्था व्यवस्थित गर्न यो नियम लागू गरेको जनाएको छ।

युएईको नयाँ नियमले दशैँ तिहारलाई लक्षित गरी तय गरिएका सांस्कृतिक कार्यक्रम स्थगित हुने भएका छन्।

प्रकाशित: ५ आश्विन २०७३ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App