अब साझा यातायातको टिकट घरबाटै काट्न सकिने

बुधबार, २४ असोज २०७५, १८ : २१ नागरिक

85


काठमाडौं– साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ। सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन्। अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे। 

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवर्द्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो। हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन्। भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो। 

सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भने, ‘लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौं।’ 

यसैगरी दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो ‘साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठुलो टेवा पुगेको छ। साझा यातायातसँगको सहकार्यले सार्बजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ।’ 

यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सकिनेछ। इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सकिनेछ। यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवे मार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन्। 







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...