१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं- काठमाडाैंकाे सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २४ आश्विन २०७५ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App