१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कर्जन्हाका मेयर चढेकाे गाडीमा ढुङ्गामुढा

सिरहा- सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले मंगलवार साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन्।

नगरपालिकाको परिषद्को बैठक सकिएपछि मेयर पासवान बाहिर जान लाग्दा उनी सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ। 

नगरप्रमुख पासवानको गाडीमा ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए। 

प्रकाशित: २४ आश्विन २०७५ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App