आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट

नेपालको लगातार पाँचौं जित, चीन १० विकेटले पराजित

बुधबार, २४ असोज २०७५, ०९ : ०५ नागरिक

काठमाडौं – चीनलाई १० विकेटले पराजित गर्दै नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा लगातार पाँचौं खेलमा पनि जित निकालेको छ। मलेसियामा जारी प्रतियोगिताको पाँचौं खेलमा चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विना विकेट भेट्टायो। नेपालका लागि ओपनर विनोद भण्डारीले २४ र प्रदिप ऐरीले ४ रनको नटआउट पारी खेले। विनोदले ८ बलमा ३ चौंका र १ छक्का प्रहार गरे।

यसअघि वायुमस ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनाएको थियो। चीनका लागि ओपनिङ ब्याट्सम्यान होङ जियाङ यानले सर्वाधिक ११ रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन्। चीनलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गरेका हुन्। नेपालले यसअघि नै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ। यता चीन भने आफूले खेलेका सबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ। नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित  छ। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो। त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो। लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल  र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचाैं स्थानमा छन्। अंकविहीन चीन अन्तिम स्थानमा छ।






यसमा तपाईको मत

अन्य समाचार

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्स नेपालले रोयल हेल्थ सिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad