विश्व मानसिक स्वास्थ्य दिवस (१० अक्टोबर)

‘बिलियन डलर’को सेवा पर्खंदै नेपाली समाज !

बुधबार, २४ असोज २०७५, ०८ : ४१ जगन्नाथ लामिछाने

नेपाल युवाको देश हो । झन्डै आधाभन्दा बढी युवा जनसंख्या रहेको देशमा युवाहरू शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा स्वस्थ जीवनयापन गर्न पाउनु सबै नागरिकको संविधान प्रदत्त मौलिक हक पनि हो।

हाम्रो दैनिक जीवनमा आम नागरिकप्रतिको राज्यको सुरक्षा चासो दयनीय छ । त्यसमा पनि स्वास्थ्य सुरक्षा तथा सेवामा राज्यको भूमिका अत्यन्त कमजोर छ । राज्यमात्र होइन, नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न निजी क्षेत्र पनि चुकेको छ । मानव स्वास्थ्यको एउटा महत्वपूर्ण पक्ष मानसिक स्वास्थ्यको कुरा त झनै सबैतिरबाट ओझेल परेको छ । मानसिक स्वास्थ्यको कुरा गर्दा चिकित्सकीय ज्ञान एउटा पक्ष हो भने समाज र व्यक्तिले विकास गरेको ज्ञान तथा बुझाइ अर्को पक्ष। 

हाम्रो जस्तो अविकसित देशमा मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्य समस्याबारे छलफल अघि बढाउन चिकित्सकीय, सामाजिक तथा व्यक्तिगत तहको हाम्रो बुझाइ र ज्ञानको स्तर फराकिलो बानाउन आवश्यक छ । चिकित्सकीय बुझाइ फराकिलो हुँदा त्यसले सामाजिक तथा व्यक्तिगत तहको बुझाइको दायरा बढाउन मद्दत गर्छ भने सामाजिक तथा व्यक्तिगत तहको सही र फराकिलो बुझाइले  चिकित्सकीय सेवालाई अझ प्रभावकारी तुल्याउन मद्दत गर्छ । त्यसैले दुवै पक्षबाट मानसिक स्वास्थ्यको सेवा र ज्ञान विस्तार गर्न जरुरी छ।

हरेक वर्ष जस्तै, यस वर्ष पनि १० अक्टोबरमा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाइरहँदा बदलिँदो विश्व परिवेशमा युवा जनसंख्या र मानसिक स्वास्थ्य सेवाबारे कुरा सुरु गर्ने राम्रो अवसर जुटेको छ । युवामय देशमा युवाको मानसिक स्वास्थ्य र त्यससँग सम्बन्धित समस्याबारे कुरा गर्नु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासँग जोडिएको विषय हो।

समाज गतिशील छ । विज्ञान र प्रविधिले विश्व परिवेश हर क्षण बदलिरहेको छ । सूचना, सञ्चार तथा यातायातको विकाससँगै समृद्धि र सुखको खोजीमा मानिस विश्वको एउटा कुनादेखि अर्को कुनासम्म पुग्न थालेका छन् । अब भौगोलिक सीमा हाम्रो आकांक्षाको बाधक बनिरहेका छैनन्, परिणाम आज लाखौँ नेपाली युवा अवसरको खोजीमा संसारभर छरिएका छन् । विश्वव्यापी आवतजावत र समृद्धि सपनासँगै नेपाली समाजमा यसले बनाएका मानसिक तथा मनोवैज्ञानिक घाउ पनि देखिएका छन् । यी घाउ गम्भीर र बेवास्ता गर्नै नहुने खालका छन् । तर, मानसिक स्वास्थ्य समस्याप्रति असंवेदनशील हाम्रो समाजले यस्ता घाउ र असरबारे छलफल गर्नै खोजेको छैन, जसको चर्को मूल्य युवाहरूले खेप्नु परिरहेको छ।

युवा जनसंख्यालाई केन्द्रविन्दुमा राखेर हामीले सुरु गर्न खोजेको बहसको उद्देश्य, हामीले मात्र युवाका मानसिक स्वास्थ्यको पैरवी गर्ने नभएर युवाहरू आफैं यो छलफल, बहसको नेतृत्वकर्ता बन्नुपर्छ भन्ने हो । मानसिक स्वास्थ्य र यससँग जोडिएका समस्याबारे व्यक्तिगत तथा सामाजिक रूपमा विकसित ज्ञानलाई सही र फराकिलो पार्न सकियो भने यसले समाजलाई सुखी र समृद्ध बनाउनेछ, ‘बिलियन डलर’ फाइदा पुर्याउने छ भन्नेमा कुनै शंका छैन । युवा पुस्ताका लागि मानसिक स्वास्थ्यसँग जोडिएको बहसलाई सुख र समृद्धिको मुद्दासँग मूल प्रवाहीकरण गर्नु अभूतपूर्व अवसर पनि हो, किनभने मानसिक र मनोवैज्ञानिक रूपमा तन्दुरुस्त समाजमा मात्र प्रतिभाशाली तथा दक्ष जनशक्ति उत्पादन गर्न सम्भव हुन्छ।

एक्लोपन, नैराश्य, तनाव, अनिद्रा जस्ता समस्याको असर विकराल बनिरहेको छ । समाजसँगको डर र गलत विश्वासका कारण आफ्नै मानसिक समस्याबारे हाम्रा अवाज बन्द भएका छन्।

मानसिक स्वास्थ्यको बहसमा हामीले केही तथ्य स्मरण गर्न जरुरी छ । अधिकांश मानसिक समस्या १२ देखि २४ वर्षकै उमेरमा सुरु हुन्छ । उमेर बढ्दै गएपछि असर देखिन थाल्छ । १५ देखि २९ वर्ष उमेर समूहका युवाको मृत्युको दोस्रो मुख्य कारण आत्महत्या हो । त्यसैले पनि युवालाई समयमै मानसिक स्वास्थ्यबारे बढी जानकारी आवश्यक हुन्छ । त्यसो त विकसित देशहरूमा समेत ७० प्रतिशतभन्दा बढी बालबालिका र युवाले समयमै सही उपचार पाएका छैनन् भने नेपालजस्तो गरिब देशको हालत के होला भनी चर्चा गर्नु पनि आजको आवश्यकता हो।

सामाजिक लज्जा र डरका कारण युवाहरू आफ्नै मानसिक स्वास्थ्यलाई उपेक्षा गर्छन् । तर, मानसिक स्वास्थ्य शिक्षा, जागिर, उद्यमशीलता, सामाजिक तथा पारिवारिक सम्बन्धलगायत युवा जीवनका सबै आयामसँग जोडिएका हुन्छन् । मानसिक स्वास्थ्य समस्याकै कारण युवा कुलतमा फस्ने, असुरक्षित यौन सम्बन्ध राख्ने तथा सवारी दुर्घटना निम्त्याउने गरेको पाइएको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगले युवामा मानिसक समस्याको जोखिम पनि निम्त्याएको पाइन्छ।

चरम गरिबी, अशिक्षा, बेरोजगारी, असमानता तथा अभावबाट गुज्रेको हाम्रो समाज मानसिक स्वास्थ्य समस्या सिर्जना गर्न अनुकूल समाज हो । एकातिर १० वर्षे लामो हिंसात्मक द्वन्द्वको पीडा, अर्कोतिर वैदेशिक रोजगारीमा जान बाध्य युवा र उनीहरूको परिवारमा उत्पन्न मानसिक तथा मनोवैज्ञानिक समस्या । एक्लोपन, नैराश्य, तनाव, अनिद्रा जस्ता समस्याको असर विकराल बनिरहेको छ।

डिप्रेसनलगायत अरु धेरै किसिमका मानसिक समस्या मुलुकमा अपांगता निम्त्याउने प्रमुख कारण बनेका छन् । समाजसँगको डर र गलत विश्वासका कारण आफ्नै मानसिक समस्याबारे हाम्रा अवाज बन्द भएका छन् । हामी आफूले सबैभन्दा माया र विश्वास गर्ने मान्छेसँग पनि आफ्नो मानसिक समस्याबारे खुल्न सक्तैनौँ । सधैँको एक्लोपन र हीनताबोधले खाइरहेको मानिसको यस्तो जीवन मानसिक रूपमा अस्वस्थ्य व्यक्तिले बाहेक अरूले कल्पनासम्म गर्न सक्तैन।

त्यसैले हामीले अरूका लागि नभई, आफ्नै लागि, आफ्नाहरूका लागि, मानसिक रूपमा स्वस्थ्य र भयमुक्त वातावरण बनाउनका लागि मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य बारेमा छलफल विस्तार गर्न जरुरी छ । र, यस्तो छलफल हामीले आफैँबाटै थाल्ने हो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad