१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका कयौं कार्यालयमा घुसको लेनदेन बढेको छ । असोज महिनामा मात्रै एक डिएसपीसहित १० प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु र नागढुंगा तथा नाग्लेभारे प्रहरी कार्यालयका एक दर्जन प्रहरी आर्थिक लेनदेनमा मुछिएकोे आरोपमा परिसर तानिनुले मातहतका प्रहरी कार्यालय घुसको लेनदेन बढेको स्पष्ट भएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राई शनिबार आफ्नो कार्यालयबाटै एक लाख ४० हजार घुस रकमसहित अख्तियारको फन्दामा परे । कमलपोखरी वृत्तको मुद्दा शाखामा कार्यरत सई चित्रबहादुर ताम्राकारलाई परिसरकै टोली आएर अनुसन्धान लागि परिसर लगेको थियो । यो शाखाका प्रमुखका रूपमा प्रहरी निरीक्षक हर्क विश्वकर्मा कार्यरत छन् । सार्वजनिक अपराधसम्बन्धी मुद्दामा सन्जीव घिसिङ पक्राउ परेको १२ दिनपछि फाइल अगाडि बढाउन १० हजार लिएको आरोपमा सई ताम्राकारलाई अनुसन्धान लागि परिसरमा लगिएको हो।

यसअघि कोटेश्वर र काँडाघारी प्रभागका ९ जना प्रहरीलाई आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बालुवा तस्करसँग मिलेको आरोपमा अख्तियारले २ असई, ३ हवल्दार र ४ सिपाहीलाई नियन्त्रण लिएको थियो । अख्तियारले उनीहरूलाई वालुवा तस्करसँग घुस लिँदालिँदै नियन्त्रणमा लिएको जनाए पनि तस्करलाई भने पक्राउ गरेको छैन । सिन्धुपाल्चोकबाट काठमाडौं उपत्यकामा आउने बालुवाका लागि प्रहरीले घुस लिने गरेको अख्तियारको आरोप छ।

अख्तियारले प्रहरी सहायक निरीक्षक गोपाल श्रेष्ठ र सुवास ढुंगाना तथा प्रहरी हवल्दार दीपक भारती, उमेश यादव र अमन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । प्रसनि श्रेष्ठले ठेकेदारसँग ३० हजार रुपैयाँ, प्रसनि ढुंगाना र प्रहरी हबल्दार भारतीले ४५ हजार रुपैयाँ, प्रहरी हबल्दार यादव र चौधरीले पाँच÷पाँच हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ।

काठमाडौंका विभिन्न नाकामा रहेका र बौद्ध, महाराजगञ्ज, लैनचौरलगायतका प्रहरी वृत्तमा कार्यरत प्रहरीमाथि परिसरले निगरानी बढाएको छ । यसैगरी सुन्दरीजल, काँडाघारी, साँखु, थानकोटलगायतका ठाउँमा रहेका बालुवा तथा ढुंगा खानीमा समेत अनुगमन तीव्र पारिएको छ । काठमाडौं प्रहरी मातहतका कार्यालयका मुद्दा शाखामा पनि परिसरले निगरानी बढाइएको छ।

त्यस्तै प्रहरी जवान रत्न रिजाल, मानसिंह रोका, दीपेन्द्र कुँवर र मुकेश पटेललाई पनि घुस लिएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको थियो । प्रहरी जवान रिजाल र रोकाले पाँच हजार रुपैयाँ र प्रहरी जवान कुँवर र पटेलले ठेकेदारसँग पाँच÷पाँच हजार रुपैयाँ घुस मागेका थिए । प्रहरीको मिलेमतोमा बालुवा तस्करी बढेको भन्दै प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालाई तस्करी तुरुन्तै रोक्न आदेश दिए पनि अझै रोकिएको छैन।

काठमाडौंका विभिन्न नाकामा रहेका र बौद्ध, महाराजगञ्ज, लैनचौरलगायतका प्रहरी वृत्तमा कार्यरत प्रहरीमाथि परिसरले निगरानी बढाएको छ । यसैगरी सुन्दरीजल, काँडाघारी, साँखु, थानकोटलगायतका ठाउँमा रहेका बालुवा तथा ढुंगा खानीमा समेत अनुगमन तीव्र पारिएको छ । काठमाडौं प्रहरी मातहतका कार्यालयका मुद्दा शाखामा पनि परिसरले निगरानी बढाइएको छ । ‘हरेक दिनजसो गुनासो आउने गरेका छन्, हामीले स्पेसल फोर्स बनाएर सबै कार्यालयमा अनुगमन गरिरहेका छौं,’ परिसर प्रमुख लामाले भने । उनका अनुसार मातहतका सबै कार्यालयमा यतिबेला परिसरले अनुगमन गरिरहेको छ।

उपत्याकाका बागमती, विष्णुमती, धोवी खोला, मनोहरा खोलाबाट प्रहरीकै मिलेमतोमा वालुवा तस्करी बढेको उजुरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएसपीसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिएपछि अइजिपी खनालले प्रहरीको सञ्चार सेटमा काठमाडौंका सबै जुनियर अधिकृतले सुन्नेगरी बालुवा तस्करी रोक्न मुद्दा शाखालाई चुस्त बनाउन र सबै नाका तथा वृत्त कार्यालयमा अनुगमन गर्न परिसर प्रमुखलाई निर्देशन दिएका थिए।

प्रकाशित: २४ आश्विन २०७५ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App