१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल कमजोर टोली चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को पाँचौं खेलमा आज नेपालले कमजोर टोली चीनको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बिहान ७ः४५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुनेछ।

नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। नेपालले लगातार चौंथो जित निकाल्दै अघिल्लो चरण प्रवेश पक्का गरिसकेको छ। यता चीन भने आफूले खेलेका सबै खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपाल समूहको शीर्ष स्थानमा रहँदा चीन भने पुछारमा छ। नेपालसँगै सिंगापुरले पनि दोस्रो चरणमा स्थान पक्का गरेको छ।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान बनाउनेमा नेपाल र सिंगापुर छनोट भएसँगै मलेसिया र थाइल्यान्डमध्ये एक टोलीको छनोट सम्भावना जीवित  छ। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले हराएको थियो भने तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले निराश पारेको थियो। त्यस्तै मंगलबार भएको चौंथो चौंथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो।

लगातर ४ जितपछि समान ८ अंक जोडेका नेपाल  र सिंगापुर क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ५ अंक जोडेका आयोजक मलेसिया र थाइल्यान्ड क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने समान २ अंक जोडेका भुटान र म्यानमार चौथो र पाँचाें स्थानमा छन्। अंकविहीन चीन अन्तिम स्थानमा छ।

अंकतालिका
टिम              खेल       जित       हार      बराबर       अंक        रनरेट

नेपाल              ४          ४           ०         ०             ८          +७.२५
सिंगापुर           ४          ४           ०         ०             ४         +४.८१९
मलेसिया          ५          २           २         १             ५         –०.४२९
थाइल्यान्ड        ५          २           २         १             ५         –१.२६७
भुटान              ४          १           ३         ०             २         –१.९७७
म्यानमार         ३          १            ३        ०             २          –२.३३८
चीन                ४         ०            ४         ०             ०         –७.६९९

प्रकाशित: २४ आश्विन २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App