१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको नमस्ते अभियान

एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारी पर्यटन प्रवद्र्धनको विषयमा जानकारी गराउँदै। तस्बिर : अर्जुन तामाङ/नागरिक

काठमाडौं - ‘तपाईं जुनसुकै देशमा बस्नुस्। तर, मुसुक्क हाँसेर नमस्कार गर्न नछुटाउनुस्। स्वदेश होस् या विदेश जहाँ विदेशी अनुहार देखिन्छ, तिनलाई झुकेर मुस्कानसहित नमस्कार गर्नुहोस्,’ राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टलेयसै भने।

‘अतिथि देवो भवः’को प्रसंग उप्काएका भट्टले यसलाई विश्व बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। ‘यसलेसन् २०२० मा २० लाख पर्यटक भिœयाउने सरकारको योजनालाई सफल पार्छ,’ ‘एनआरएनए अध्यक्ष भट्टले भने,‘अब विश्वभर छरिएका एनआरएनले मुसुक्क हाँसेर नमस्कार अभियान चलाउनेछन्। यसैका लागि २०१९ मा नमस्ते अभियान चलाउने घोषणा गरेकाछौं।’  

नेपाल पर्यटन बोर्ड र एनआरएनएले संयुक्त रुपमा आयोजनामा गरेको कार्यक्रममा अध्यक्ष भट्टले २०१९ का लागि विश्वभर पर्यटन प्रवद्र्धनगर्ने बताए।

उनले विश्वका कतिपय मुलुक पर्यटन उद्योगकै कारण समृद्ध भएको र नेपालमा पनि धेरै पर्यटक ल्याउन आवश्यक रहेको बताए।

यसअघि उनले जापानमा नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यले ‘तीनजना साथीलाई नेपाल पठाऊ’ अभियान चलाएका थिए । उक्त अभियानले नेपालमा २० लाखमात्र नभएर दुई करोड पर्यटक भिœयाउन सक्ने भट्टले बताए।

‘नेपाल आएर ४० रुपैयाँको मःम खाएका विदेशी पनि पर्यटक हुन् । यसकारण पर्यटकको दर्जा तोक्नु हुँदैन,’ उनले भने, ‘विदेशी भनेपछि हाम्रा पाहुना हुन् । उनीहरुलाई सम्मानजनक व्यवहार गरौं।’

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारीले भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न देशमा अभियान सञ्चालन गरिरहको जानकारी दिइन्।

‘रसियामा हामीले विद्यार्थी, दिग्गज व्यक्तित्व र संघ–संस्थासँग समन्वय गरेर कार्यक्रम गर्दै आएकाछौं । सरमाथालाई विश्व बजारमा प्रवद्र्धन गर्नत्यहाँका सञ्चार माध्यमसँग समन्वय गरिरहेका छौं,’ उनले भनिन्,‘यो यात्रा निरन्तर रहन्छ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनमा समन्वयात्मक अभियान सञ्चालन गरेको बताए । ‘एनआरएनएसँग पर्यटन बोर्डले आगामी दिनमा पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि निरन्तर सहकार्य गर्छ,’ जोशीले भने।

प्रकाशित: २३ आश्विन २०७५ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App