भारतमा बन्धक बनाइएका तीन महिलाको उद्दार

मङ्गलबार, २३ असोज २०७५, ०७ : ४४ नागरिक

काठमाडौं – ओमनमा जागिर लगाइदिने भन्दै दलालले भारत पु-याएका तीन नेपाली महिलाको उद्दार गरिएको छ। मनकामना एकता फाउन्डेसन र प्रहार जनशक्ति पार्टीले उत्तरी मुम्बइको एउटा घरमा बन्धक बनाएर राखिएका तीन महिलाको उद्दार गरेको हो।

फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेलाई एक अपरिचित व्यक्तिले फाेनमा तीन महिलालाई एक घरमा बन्धक बनाएको सूचना दिएपछि उनको पहलमा महिलाहरुको उद्दार गरिएको हो। न्यौपानेले फाउन्डेसनका अन्य पदाधिकारीलाई खबर गर्दा फाउन्डेसनका पदाधिकारी कम्लेश सिंह जनशक्ति पार्टीको कार्यकर्ता रहेको र उनले आफ्नो पार्टीलाई खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरुको उद्दार भएको हो।  

उद्दार गरिएकामा खोटाङकी २२ वर्षीया सिर्जना बुढाथोकी, काभ्रेकी २७ वर्षीया सोमाली तामाङ र ३३ वर्षीया सिम कुमारी भुजेल रहेका छन्। उनीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जकिन युसुफ खान र अबदुलकायुम नुर छन्। उनीहरुलाई पक्राउ गरेर भारतिय प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

फाउन्डेसनका अनुसार ओमनमा उनीहरुलाई २५ हजारको काममा लगाइने प्रलोभन देखाई काठमाडौंबाट एजेन्ट देव तामाङले नेपालबाट उडाउन गाह्रो हुने भन्दै सुनौली नाकाबाट भारत पठाएका थिए। उनीहरुलाई एक महिनासम्म पनि कतै नपठाएपछि उनीहले ओमन पठाउन आग्रह गर्दा थप ५५ हजार भारु भाग गरेको दुखेसो पोखेको फाउन्डेसनले जनाएको छ।

भारतस्थित नेपाली दूतावासले पनि तीन नेपाली महिलाको उद्दार गरिएको जानकारी दिँदै माइती इन्डिया र एकता फाउन्डेसन मार्फत नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad