१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उखु किसानको बाँकी रकम ५ दिनभित्र भुक्तानी गर्न सरकारको निर्देशन

काठमाडौ–सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएको छ । चाडवाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो उखु उत्पादक किसानले गरेपछि  सरकारले यस्तो निर्दशन दिएको हो।

अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरवारमा भएको बैठकले यस्तो निर्देशन दिएको हो।

पाँच दिन भित्र भुक्तानी नदिने उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी सरकारले दिएको छ। उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले दिने भनिएको अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको किसानको भनाइ छ।

कृषि मन्त्रालयको सिफारीसमा गत वैशाख ५ गते बसेको मन्त्री परिषदको बैठकले उखु मुल्य प्रति क्विन्टल ४ सय ७१ रुपैयाँ २८ पैसा  निर्धारण गरेको थियो। यसमा नेपाल सरकारले अनुदान बापत ६५ रुपैया २८ पैसा थप गरी प्रति क्विण्टल ५ सय ३६ रुपैँया ५६ पैसा दिने निर्णय गरेको थियो।

तर निर्णय भएको ६ महिना भईसक्दा पनि हाल सम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने बाँकी छ। 

 

प्रकाशित: २२ आश्विन २०७५ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App