१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गीतले मात्र फिल्म चल्दैन (भिडियो अन्तर्वार्ता)

काठमाडौं- ट्रक ड्राइभर, अल्लारे जस्ता चलचित्रले दर्शकमाझ चिनिएका अशोक शर्मा १२ वर्षपछि  निर्देशनमा फर्किए। नागरिक नेटवर्कको स्टुडियोमा आफ्नो नयाँ चलचित्र जय भोलेको टिम सहित आएका शर्मालाई प्रशान्त लामिछानेले प्रश्न सोधे, हिजो आज गीतले फिल्म चलाउन खोजेको जस्तो लाग्दैन ? शर्माको जवाफ थियो, 'गीत फिल्मको एउटा पाटो हो तर गीतले मात्र फिल्म चल्दैन।'

शर्माको चलचित्र जय भोले फूलपातीमा रिलिज हुँदैछ। समाजिक कथा बस्तुमा आधारित चलचित्र भए पनि यसले फरक परिवेशलाई समेटेको नायिका स्वस्तीमा खड्काले बताइन्। यसको कथाले हाम्रो समाजिक पाटोलाई सरल ढंगले देखाएको उनले बताइन्।

चलचित्रका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले ट्रेलर हेर्दा नै दर्शकले धेरै रमाइलो मानेको बताउँदै फिल्ममा त्यसको दश गुणा मनोरञ्जन दर्शकले पाउने बताए। जय भोलेका अर्का कलाकार सौगात मल्लले चलचलित्र हेर्न हलसम्म पुगेका दर्शकले केही न केही लिएर फर्कने दावी गरे।

प्रकाशित: २२ आश्विन २०७५ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App