१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको मनोमानी रोक्छौं : सभापति शाह

रुपन्देही– प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति एंव नेपाली काँग्रेसका नेता भरतकुमार शाहले सरकार मनोमानीमा चल्न थालेको आरोप लगाएका छन्। संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने भन्दै मनोमानी रोक्नै पर्ने बताए। बुटवलमा रिपाेर्टस क्लबले सोमबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति शाहले सरकारलाई सहि काम गर्न आग्रह गरे। 

‘सेना, शक्ति सरकासँग छ भन्दैमा मनलाग्दी गर्न पाउँदैन, त्यसको निगरानी र खबरदारी हामीले गरेका छौं’, उनले भने।  उनले समितिलाई स्वतन्त्रपूर्वक काम गर्न पाउने अधिकार संविधान ऐनमा नै उल्लेख भएको बताए। नेपालमा अहिले ५ खर्बको बेरुजु रहेको स्मरण गर्दै मसिनो गरि अनियमितताको अध्ययन गरिरहेको उनले बताए। रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य शाहले लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिरेको बताए। उनले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बाँकी रकम पनि तिर्न आग्रह समेत गरे। 

सरकारका गतिविधि निगरानी गरिरहेको भन्दै ठूला आयोजनामा भ्रष्टाचार हुने सम्भावना रहेको र हल्लाहरु आइरहेको प्रति आफूहरु सचेत रहेको प्रष्ट पारे। लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको बताए। तर उनले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयाँसम्म पर्ने बताएकाले यहि मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको उनको भनाई छ। तर, सरकारले भने दशैंको मुखमा महगी बढाएको उनले आरोप लगाए। 

प्रकाशित: २२ आश्विन २०७५ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App