पुनर्निर्माण रोकेर इन्जिनियर धर्नामा

बुधबार, ०५ असोज २०७३, ०९ : ०८ नागरिक

काठमाडौं–भूकम्प प्रभावित जिल्लामा आवास पुनर्निर्माणका लागि सरकारले खटाएका इन्जिनियर तथा प्राविधिक काम रोकर आन्दोलनमा उत्रेका छन् । भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा भइरहेको समयमा प्रभावित जिल्लाका गाउँगाउँमा खटिएका इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट इन्जिनियर काम छाडेर राजधानीमा आन्दोलन गर्न भेला भएका हुन् ।

सरकारले करार नियुक्ति नवीकरण नगरेको लगायत आठबुँदे माग राख्दै ५ सयभन्दा बढी इन्जिनियर तथा प्राविधिकले जिल्लाको काम ठप्प पारेर मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गतको बबरमहलस्थित केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा धर्ना दिएका छन् । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

आन्दोलनका कार्यक्रम सुरु गर्नुअघि उनीहरुले प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत निकायमा ज्ञापनपत्र बुझाएका थिए । आन्दोलनमा सक्रिय इन्जिनियर सञ्जीप अम्गाईले ज्ञापनपत्र बुझाउँदा सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रनुपरेको बताए ।

उनका अनुसार इन्जियिनर तथा प्राविधिकले साउनयता तलब पाउन सकेका छैनन् । ‘भूकम्पले क्षतविक्षत गाउँमा भोको पेटमा कसरी काम गर्न सकिन्छ,’ उनले भने, ‘त्यही भएर नियुक्ति नवीकरण र तलब सुविधा मागेर आन्दोलन गरिएको हो ।’

इन्जिनियर तथा प्रविधिकले आन्दोलन समिति नै गठन गरेर आन्दोलनमा उत्रेका हुन् । बुधबार उनीहरुले बबरमहलमा साङ्ले जुलुस निकाल्ने तयारी गरेका छन् । गत वैशाख १३ गते नियुक्ति पाएका उनीहरुको करार असार मसान्तमै सकिएको थियो । जिल्लामा रहेका आयोजना कार्यान्वयन इकाइले करार नवीकरण हुने भन्दै उनीहरुलाई काममा खटाउँदै आएको थियो । तर करार सकिएको दुई महिना बितिसक्दा पनि सरकारले नवीकरण नगरेपछि आन्दोलन गरिएको अम्गाईंले जानकारी दिए ।

उनीहरुले पुनर्निर्माणका कामलाई तीव्रता दिन सुरक्षासहित काम गर्ने वातावरण बनाउन, पुनर्निर्माण ऐनअनुसार तलबभत्ता बढाउन, नियुक्ति नवीकरण गर्न, इन्जिनियर तथा प्राविधिकलाई पुनर्निर्माणसँग सम्बन्धित काममा मात्र खटाउन, बिमाको अनिवार्य व्यवस्था गर्न, जिल्लामा काम गर्न आवश्यक सामग्री उपलब्ध गराउन माग गरेका छन् । सरकारले भूकम्प प्रभावित जिल्लामा १ हजार ३ सय ४६ इन्जिनियर, ६ सय ५० सबइन्जिनियर र ५ सय ७५ असिस्टेन्ट सबइन्जिनियर गरी २ हजार ५ सय ७५ प्राविधिकलाई पुनर्निर्माणमा खटाएको थियो ।

 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad