१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अरिङ्गालले चिल्दा चार घाइते

फाइल फोटो

स्याङ्जा- स्याङ्जामा अरिंगालले चिलेर ४ जना घाइते भएका छन्। प्रहरीका अनुसार वालिङ नगरपालिकाका दुई र गल्याङ नगरपालिकाका दुई गरी ४ महिला घाइते भएका हुन्। 

आइतबार साँझ एक्कासी चलेको हावाहुरीका कारण रुखमा रहेको अरिङ्गालको गोलोमा असर पुग्दा विच्किएको अरिङ्गालले चिल्दा वालिङ १ त्रियासीका ४५ वर्षीया बिना रेग्मी र २२ वर्षीया बिमला काफ्ले घाइते भएको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख इन्सपेक्टर शंकरप्रसाद आचार्यले जानकारी दिए। उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैगरी गल्याङ नगरपालिका–६ पिडीखोला १७ वर्षीया मुन्ना रेश्मी र २० वर्षीया मायाँ डिसालाई घाँस काट्न जाने क्रममा अरिङ्गालले चिलेर घाइते बनाएको छ। उनीहरुको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ आश्विन २०७५ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App