१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थायी गर्न माग गर्दै राहत शिक्षकको प्रदर्शन

काठमाडौँ- राहत शिक्षकहरुले राजधानीमा प्रदर्शन गरेका छन्। पेशागत सुरक्षाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन्। सामुदायिक विद्यालयमा आफूहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पुर्‍याएर स्थायी गर्नु पर्ने शिक्षकहरुको माग छ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूहरुलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको समितिका काठमाडौँ महानगरपालिका समितिका अध्यक्ष शङ्करराज न्यौपानेले बताए। उनले भने, “अस्थायीको प्रक्रियामा लगेपछि हामी त्यहीँबाट स्थायीको प्रक्रियामा सहभागी हुनेछौँ।”

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो। देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ। विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन्। 

 

प्रकाशित: २१ आश्विन २०७५ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App