१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

काठमाडौं- मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। यस अघि संस्थानको अध्यक्षमा गोविन्द पोखरेल थिए।

मन्त्रिपरिषदले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो। यो निर्णयसँगै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुने छ। यस्तै नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ। उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App