१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मिर्गौलापीडितलाई सिटी एक्सप्रेसको सहयोग

काठमाडौं – इराकस्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियन्ता म्हेन्दो गोले लगायतले संकलन गरेको रकम मिर्गौलापीडित फुडोमा तामाङलाई वितरण गरिएको छ।

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा एक लाख ६६ हजार पाँच सय ४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारिक एजेन्टले नेपाल पठाएको कम्पनीले जनाएको छ।

त्यसमा सिटी एक्सप्रेसले ५० हजार थपेर दुई लाख १६ हजार पाँच सय १४ रुपैयाँ तामाङलाई प्रदान गरिएको छ।

सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले मिर्गौलापीडित तामाङलाई रकम हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App