१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडाैं - गृह मन्त्रालयको बढुवा समिति सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिसका लागि शनिवार बसेको समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) बमेजिम बढुवा सिफारिस गरेकाे जानकारी दिएकाे छ। 

समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठलार्इ दुई नम्बरमा डिआईजीका लागि बढुवा सिफारिस गरेकाे छ। सिफारिस हुने अन्यमा क्रमश: ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय रहेका छन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App