१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजार पूँजीकरणमा टेलिकमको अग्रता

काठमाडौं–सरकारी स्वामित्वको नेपाल टेलिकम शेयरको बजार पूँजीकरणका आधारमा अग्रस्थानमा परेको छ। नेपाल स्टक एक्सचेञ्जले छनोट गरेको धितोपत्र कारोबार गर्ने १० उत्कृष्ट कम्पनीको सूचिमा टेलिकम पहिलो स्थानमा परेको हो।  

सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ। दोस्रोमा नबिल बैंक छ । नविबलको बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ । तेस्रोमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य रहेको छ।

चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको ५५ अर्ब २७ करोड रुपैयाँ, पाँचौँमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ ।  यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको नेप्सेले जनाएको छ ।

स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको शेयर मूल्यका आधारमा उत्कृष्ट दश कम्पनी छनोट गरेको हो। रासस 

प्रकाशित: २० आश्विन २०७५ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App