१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यार्थीलाई  गाउँ घर र खेतमै लगेर पढाअाैंः  प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने बताए।

अव प्रयोगात्मक र व्यवहारिक शिक्षामा जाेड दिनुपर्ने उनकाे भनाइ। “अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन।
विद्यार्थीलाई घर गाउँ र खेतमा नै लगेर शिक्षा दिनुपर्दछ,’ ओलीले भने।

ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिसँग उपयोग गरेर अघि बढाउनुपर्ने बताए। ‘शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ,’ उनले भने, ‘यसले गर्दा थोरै जनशक्तिबाट धेरै काम लिन सकिन्छ।’ यस वर्षदेखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी वर्ष सबै बालबालिका विद्यालयमा आउने प्रधानमन्त्रीको दाबी थियो। 
ओलीले विश्वविद्यालयहरू अब विशिष्टीकृत हुनुपर्ने बताए। विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको उनले बताए। ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्थाहरू खोल्नुपर्ने बताए। 

 

प्रकाशित: २० आश्विन २०७५ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App