नेपाल पठाउने भन्दै अवैध कामदारमाथि मलेसियामा ठगी

शनिबार, २० असोज २०७५, १७ : २० नागरिक

काठमाडौं–मलेसियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना हुन थालेका छन्। मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल पठाउन जिम्मेवारी दिएको भन्दै केही नेपालीले नै ठगी गर्नेे गरेको पाइएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। 

दूतावासले मलेसियामा रहेका अवैधानिक कामदारलाई नेपाल पठाउने भन्दै रकम अशुली गरेको अभियोगमा नाल्बू–१ ताप्लेजुङ घर भई हाल मलेसिया बस्ने फुपु तेम्बा शेर्पामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

दूतावासले हालै जारी गरेको सूचनामा भनिएको छ, ‘अनधिकृत व्यक्तिहरुसँग अवैधानिक ढंगले विभिन्न कामको लागि कारोबार नगर्नुहुन सवैमा दूतावास अनुरोध गर्छ।’ मलेसिया सरकारले अवैधानिक भएका कामदारलाई स्वदेश फर्कनका लागि समय समयमा आम माफीको कार्यक्रम ल्याउने गरेको छ। तर अहिले त्यस्तो कुनै कार्यक्रम नभए पनि अवैधानिक भएकालाई नेपाल फिर्ता पठाउने भन्दै रकम अशुली भएको पीडतहरुको उजुरी दूतावासमा परेका छन्। 

दूतावासका अनुसार अवैध कामदार नेपाल फिर्ता गराउने अख्तियारी मलेसिया सरकारले कसैलाई पनि नदिएको प्रष्ट पारेको छ । दूतावासले अवैधानिक भएका नेपाली स्वदेश फर्कन चाहे मलेसियन इमिग्रेसन विभागमा सम्पर्क गरी दण्ड जरिमाना तिरेर जानुपर्ने बताएको छ। अवैध भएका नेपालीलाई यहि बैधानिक बाटोबाट नेपाल फर्कन दूतावासले आग्रह गरेको छ।

नेपालबाट मलेसिया गएका कामदार भिषा अवधि सकिए पनि लुकिछिपी बस्ने गर्छन। त्यस्तै एउटा कम्पनीमा काम गर्ने संझौता गरी मलेसिया जाने तर त्यो कम्पनी छाडेर सम्पर्कविहीन हुने र धेरै तलबको आशमा अरु कम्पनीमा काम गर्ने गर्दा उनीहरु अवैधानिक बन्ने गर्छन्। 

दूतावासले नेपालबाट जुन कम्पनीमा काम गर्न भनी आफैँले सम्झौतापत्रमा हस्ताक्षर गरी आएको हो सो कम्पनीको सम्झौता अवधि नसकी आफू खुशी नभाग्नसमेत अपिल गरेको छ। रोजगारदाताप्रति कुनै गुनासो भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । 
  







यसमा तपाईको मत


अन्य समाचार

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...