प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै : अध्यक्ष दाहाल

शनिबार, २० असोज २०७५, १२ : ४० नागरिक

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन्।

वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले सरकारको काम कारवाहीबारे पार्टी र विभिन्न पक्षसँग अन्तरक्रिया गरेर अझ त्यसलाई गति दिने कुरामा आफूहरू प्रतिवद्ध रहेको उल्लेख गरे।

“सरकारको कामलाई प्रभावकारी बनाउन हामी समीक्षा गर्दैछौँ, मानिसले विभिन्न प्रश्न उठाएका छन्, तर हामी सबै एकै ठाउँमा छौं, समृद्धि, सामाजिक, न्याय र सुशासनको विषयमा सैद्धान्तिक र राजनीतिक रूपमा कुनै द्वीविधामा छैन तर, त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठीक ढङ्गले जनताले महसुस गर्ने गरी कार्यान्वयनको चुनौतीलाई सँगै अगाडि बढाउँछौँ”, उनले भने।

जनताले विश्वासका साथ पार्टीलाई मत दिएर शक्तिशाली बनाएको भन्दै उनले जनताको विकास निर्माण, सुशासन र समृद्धिको अपेक्षालाई पूरा गर्न नेतृत्व र सबै सचेत नागरिक एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानीपश्चात् नेपालमा अहिले विशिष्ट प्रकृतिको असाधारण राजनीतिक परिस्थिति सिर्जना भएको बताउँदै त्यसको महत्व र गहिराइलाई गम्भीर चिन्तनमनन गरेर सम्भावनासँगै ठूल्ठूला चुनौतीको सामनाका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्यूठान जिल्लाको प्रतिनिधित्वको हिसाबले आफूले अघि सारेको विकास निर्माणको प्रतिवद्धताअनुरुप बाँकी काम पूरा गर्न सक्रिय ढङ्गले लाग्ने बताए।

नेकपाका केन्द्रीय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई जनताको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा प्यूठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो। रासस
 

 





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad