१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भैसीमा अज्ञात रोग देखियो

नेपालगन्ज-बाँकेको राप्तीपारी बिनौंना–९ गोरधुई गाउँमा भैसीमा रोग देखा परेको छ। विगत दुई दिनदेखि भैसीमा अज्ञात रोग देखापरेर मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। समय भवानी सामुदायीक वन समूहका अध्यक्ष भोला थारुका अनुसार मंगलबार एकैदिन ५ वटा भैसी मरेका छन्। स्थानीय फुलराम थारुको २, तुलसीराम थारुको २ र बालकृष्ण थारुको एउटा भैसी मरेको उनले जानकारी दिए।

गाउँमा अन्य भैसीमा पनि रोगको संक्रमण देखिएको स्थानीय बासिन्दाले बताएका छन्। ‘भैसीमा श्वास फेर्न नसक्ने समस्या देखिएको छ,’ भोलाले भने ‘श्वास बन्द हुने बित्तिकै मरिहाल्छन्।’ गाउँमा अहिले सम्म पशु स्वास्थ्यकर्मी आइनपुगेको किसानले बताएका छन्।

प्रकाशित: ४ आश्विन २०७३ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App