१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दसैंको मुकुन्डो बनाउन आर्थिक संकट

मुकुण्डो बनाउने समस्याकोबारे पूर्ण चित्रकारसँग बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति (कालो कोट लगाइराखेको) सहितको टोली। तस्बिर : काष्ठमडप

भक्तपुरको दसैंसँग प्रत्यक्ष सम्बन्ध राख्छ, नवदुर्गाको मुकुण्डो बनाउने कामको । तर, यही मुकुण्डो बनाउन समस्या हुँदा भक्तपुरको दसैं नै संकटमा परेको छ।

प्रत्येक वर्ष विजया दशमीको नवमीको साँझ भक्तपुरको याछेंमा नवदुर्गाका विभिन्न देवीदेवताका १३ वटा मुुकुन्डो प्रदर्शन गर्ने गरिन्छ । नवमीको राति देवीदेवताका यी मुकुण्डोलाई भक्तपुरको ब्रम्हायणीमा राख्न लगिन्छ। भक्तपुरको विजया दशमीको मुख्य आकर्षण ब्रम्हायणीको यही मेला हो, जहाँं भक्तपुरसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लाखौ मानिस मेला भर्न आउँछन्। 

मेलामा राख्ने यी मुकुण्डो प्रत्येक वर्ष नयाँ बनाउनुपर्छ । प्रदर्शनमा राखिएका मुखुण्डो विजया दशमीको साँझ मानवरूपी देवताले लगाएर बजार परिक्रमा गर्ने गरिन्छ र ठूलो जात्रा चल्छ।

मुकुण्डो बनाउन समस्या हुँदा दसैं नै संकटमा परेको हो । मुुकुण्डो बनाउन आर्थिक अभावले समस्या परेको हो।

भक्तपुर याछेंका पूर्ण चित्रकारले प्रत्येक वर्ष मुकुण्डो बनाउँछन् । सरकारको अलिअलि सहयोगमा व्यक्तिगत खर्चबाट उनले यो मुकुण्डो बनाइरहेका छन् । प्रत्येक वर्ष आफ्ने पैसाले मुकुण्डो बनाउन नसकिने उनले बताएका छन्। 

उनका अनुसार यो १३ वटा मुकुण्डो बनाउन करिब दुई लाख ९० हजार रूपैयाँ खर्च हुने गरेको छ । यसमा गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरले १५ हजार रूपैयाँ दिने गरेको छ । साथसाथै नवदुर्गा मुकुण्डो निर्माण समितिले नि अलिअलि सहयोग गर्छ । योबाहेक बाँकी सबै खर्च मुकुण्डो बनाउने चित्रकारले नै राख्नुपर्छ।

पूर्ण चित्रकारले करिब ५० वर्षदेखि मुकुण्डो बनाउँछन् । तर, उनका छोरा राजेश चित्रकारले दसैं चलाउन भनी आफनै खल्तीको पैसा हालेर मुकुण्डो बनाउन नसकिने स्पष्ट पारे । बिना मुकुण्डो भक्तपुरको दसैं चल्दैन।

मुकुण्डो बनाउनका लागि आर्थिक मात्रै होइन, अरु पनि धेरै समस्याहरू छन् । चित्रकारका अनुसार मुकुण्डो बनाउन करिव तीन महिना रातदिन नभनी काम गर्नुपर्छ।

प्रत्येक वर्ष आफ्नै खर्चले मुकुण्डो बनाउनुपरेकोमा छोरा राजेश असन्तुष्टि प्रकट गर्छन् । उनले भने, ‘यो मुकुण्डो बनेन भने हाम्रो भक्तपुरमा दसैं नै हुँदैन । यस्तो महत्व बोकेको काम गर्ने कलाकारको सम्मान छैन । कलालाई सम्मान गर्नुपर्छ । बाहिर देख्ने कला, संस्कृतिलाई मात्र होइन यस्तो महत्व बोकेको कलाकारहरूलाई खोजेर सम्मान गर्नुपर्छ । हाम्रो भक्तपुर कला संस्कृतिले भरिपूर्ण ठाउँ हो। उनका अनुसार अर्को समस्या भनेको अहिले मुकुण्डो सुकाउन ठाउँ छैन। 

विजया दशमीको लागि चाहिने १३ वटा मुकुण्डो हो । महादेव, गणेश, बम्हायणी, महेश्वरी, कुमारी, विष्णु, बाराही, इन्द्रयणी, महाकाली, सिम्ह, भैरव, दुम, श्वेत भैरव हुन् । सबैभन्दा पहिला महादेव बनाउने चलन छ । त्यसपछि त्यो महादेव बनाएको माटोको सानो अंश निकाली त्यहि निकालेको माटो अरु बाकी मुकुण्डो बनाउँदा राख्ने चलन छ । त्यो सानो अंशलाई अरु मुकुण्डोको श्वासको रूपमा लिने चलन छ।

यो १३ वटा मुकुण्डो बनाउन माटोदेखि सुनसम्मको प्रयोग हुने उनले बताए । यसको लागि अरु सामान्य मुकुण्डो बनाउने माटो हुँंदैन । यसलाई छुट्टै माटोको प्रयोग हुन्छ । यो मुकुण्डो बनाउनको लागि बोचा (एक प्रकारको माटो) माटोको प्रयोग हुन्छ । अहिले सामान्य माटोको भाडा बनाउने माटोको समस्या हुन थालेको बेला विशेष प्रकारको यो माटो पाउन झनै समस्या हुने गरेको बताइएको छ। 

माटो, जुट मट्टितेल, कपास, सुन, कोरा कपडा, नेपाली कागज, मैदा र सेतो कमेरो इत्यादीबाट मुकुण्डो बनाइन्छ । यो मुकुण्डो बनाउन करिव १२ थरि रंगको प्रयोग हुन्छ । यो रंगहरू सबै घरमै बनाउने उनले बताए। 

भक्तपुरमा कला र संस्कृतिले भरिपूर्ण ठाउँ हो । यो ठाउँमा धेरैले यसै कारण चिनिन्छ । तर, यी धेरै संस्कृतिको बिचमा एउटा कला भने लोभ हुन लागेको छ । घण्टा कर्णको दिनदेखि मुकुण्डो बनाउन सुरु गरिन्छ । नवमीको दिनभित्रमा मुकुण्डो बनाइसक्नुपर्छ। 

भक्तपुर नगरपालिकाले समस्या समाधानका लागि नवदुर्गा मुकुण्डो निर्माण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ। असोज १६ गते बसेको नगरपालिका बोर्ड बैठकले मुकुण्डो निर्माण अक्षय कोष स्थापनाको लागि नगरपालिकाको तर्पmबाट १० लाख रूपैयाँ अनुदान दिने निर्णय गरेको नगर प्रमुख सुनिल प्रजापतिले बताए । 
नवदुर्गाको मुकुण्डो बनाउदै पूर्ण चित्रकार।

प्रकाशित: १९ आश्विन २०७५ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App