१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपामा अध्यक्षमण्डल कायमै रहने

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरूले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहनेगरी पाटीको संशोधित विधान निर्वाचन आयोगमा बुझाएका छन्। पार्टीका ६ अध्यक्षले पार्टीका पदाधिकारीलाई समेत थाहाँ नदिइ पाटीको संशोधित विधानको टुंगो लगाएका हुन्। संशोधित विधानबारे पार्टीका उपाध्यक्ष,महासचिव तथा वरिष्ठ नेताहरूले समेत जानकारी पाएका छैनन्।

अध्यक्षमण्डलका तर्फबाट कार्यालय सचिव प्रदीप पाठक र सुरेन्द्र मण्डल मंगलबार दिउँसो निर्वाचन आयोगको कार्यालयमा गई संशोधित विधान बुझाएका थिए। विधानमा अध्यक्षमण्डलका ६ वटै सदस्यले हस्ताक्षर गरेका छन् । विधानको धारा ३१ को दफा १२ मा प्रष्टसँग भनिएको छ, ‘अध्यक्षमण्डलको व्यवस्था आउँदो महाधिवेशनपछि समेत रहने छ।’ सो प्रावधानले महाधिवेशनपछि राजपामा अध्यक्षमण्डल रहने देखिएको छ। संशोधित विधानलाई अध्यक्षमण्डलका सदस्यहरूले निकै गोप्य राखेका छन् । संशोधित विधानमा अध्यक्षमण्डललाई शक्तिशाली बनाइएको छ।

राजपाका सहमहामन्त्री डा.सुरेन्द्र झाले पार्टीको संशोधित विधानबारेमा पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई समेत कुनै जानकारी नगराइएको भन्दै अध्यक्षमण्डलको निर्णयप्रति गुनासो पोखे। उनले भने, ‘कमकेम पार्टीका पदाधिकारीसँग छलफल गरी विधान संशोधन गर्नुपथ्र्यो तर निर्वाचन आयोगमा बुझाइएको विधानबारेमा हामीलाई कुनै जानकारी छैन।’ गत असारको पहिलो हप्तामा बसेको राजपाको राजनीतिक समितिको बैठकले महाधिवेशनपछि अध्यक्षमण्डल खारेज गने निर्णय गरेको थियो। पार्टीलाई एकल नेतृत्वमा लैजान पार्टीमा एकजना मात्र अध्यक्ष राख्ने र हालका ५ अध्यक्षलाई महाधिवेशनपछि व्यवस्थापन गर्न शक्तिशाली सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको थियो। राजनीतिक समितिको सो निर्णयपछि पार्टीलाइ अध्यक्ष मण्डलमा लैजाने कि एकल अध्यक्षमा जाने भन्ने विषयमा राजपाभित्र छलफल र बहस हुँदै आएको थियो। अध्यक्ष मण्डलका ६ सदस्यमध्ये तीन/तीन सदस्य अध्यक्षमण्डल राख्ने÷नराख्ने विषयमा विभाजित हुँदै आएका थिए। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी भने पार्टीलाई एकल अध्यक्षीय प्रणालीमा लैजानु पर्ने धारणा राख्दै आएका थिए।

संशोधित विधानमा राजपा ६ वटा समिति बनाइएको छ। वडा समिति, गाउँ समिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समिति बनाइएको छ। केन्द्रमा अध्यक्षमण्डल रहने भए पनि केन्द्रदेखि मुनिका सबै समितिहरूमा अध्यक्षमण्डल रहने छैनन्। केन्द्र बाहेकका सबै समित िएकल नेतत्वमा चल्ने विधानमा व्यवथा गरिएको छ। केन्द्रीय समितिभन्दा मुनिका सबै समितिहरूमा १ अध्यक्ष, २ उपाध्यक्ष, १ सचिव, २ सहसचिव र १ कोषाध्यक्षको व्यवस्था गरिएको छ।

संशोधित विधानको धारा १६ मा अध्यक्ष मण्डलको अधिकारबारेमा व्याख्या गरिएको छ। अध्यक्षमण्डलले गर्ने सबै निर्णय सर्वसम्मतिबाट हुनु पर्ने प्रावधान विधानमा राखिएको छ। अध्यक्ष मण्डल पार्टीको सब्र्बोच्च नेतृत्वको रूपमा रहने विधानमा जनाइएको छ । पार्टीको कोष संकलनको प्रवन्ध गर्ने गराउने जिम्मोवरी अध्यक्षमण्डललाई दिइएको छ। यसैगरी संगठनको कुनै निकायमा कुनै किसिमको त्रुटि भएमा त्यसको तत्काल समस्या सामधान गर्ने जिम्मेवारी पनि अध्यक्ष मण्डललाई विधानमा दिइएको छ। पार्टी विस्तार,विलय,एकिकरण,नाम परिवर्तन,चुनवा चिन्ह परिवर्तन, विधान संशोधन जस्ता विषयहरूमा निर्णय गर्नुपरेमा अध्यक्षमण्डलले गर्नसक्ने प्रावधान विधानमा राखिएको छ। यस्ता निर्णय गर्दा अन्य पार्टीहरूले भने केन्द्रीय समितिको बैठकबाट गर्ने गर्छन। केन्द्रीय समितिको अधिकार र जिम्मेवारीसमेत अध्यक्षमण्डललाई दिइएको पार्टीका एक केन्द्रीय सदस्य बताउँछन्।

प्रकाशित: १९ आश्विन २०७५ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App