१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा बसको ठक्करले मृत्यु

दमौली- तनहुँमा आज बसको ठक्करले एक बालकको मृत्यु भएको छ। चितवनको नारायणगढबाट लमजुङको बेंसीशहर जाँदै गरेको ना ३ख ४५३४ नंको यात्रुवाहक बसको ठक्करबाट भानु नगरपालिका–२ भन्सारमा साइकलमा सवार १२ वर्षीय कुमार पोख्रेलको मृत्यु भएको हो।

घरबाट खेल्न जाने क्रममा साइकलमा आइरहेका पोख्रेलको बसको ठक्करले घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयबासीले डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: १८ आश्विन २०७५ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App