१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

साफ यु-१५ काे खेल तालिका परिवर्तन, नेपालकाे पहिलाे खेल माल्दिभ्ससँग

काठमाडाैं - साफ यु–१५ पुरुष च्याम्पियनसिमको नयाँ खेल तालिका सार्वजनिक भएको छ। श्रीलंकाले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने निर्णय गरेपछि साफको नयाँ तालिका सार्वजनिक गरिएको हो। नयाँ तालिका अनुसार नेपाल समुह ए मा रहेको छ। नेपाल रहेको समुहमा बङ्गलादेश र माल्दिभ्स रहेका छन्। त्यस्तै समुह बि मा भारत भुटान र पाकिस्तान रहेका छन्।

सातदोबाटो स्थित एन्फा कम्पलेक्समा सञ्चालन हुने प्रतियोगिता अक्टोबर २५ देखि ३ नोभेम्वर सम्म चल्नेछ। प्रतियोगिताको पहिलो खेल आयोजक नेपालले २५ अक्टोवरमा माल्दिभ्ससँग खेल्नेछ। यस्तै दाेस्राे खेल बंगलादेशसँग २९ तारिकमा खेल्नेछ। प्रतियाेगिताकाे फाइनल खेल भने नाेभेम्वर ३ मा हुनेछ।

 

प्रकाशित: १८ आश्विन २०७५ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App