१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङ लागेर मलामी गएका युवकको मृत्यु

दोलखा–मंगलबार दिउँसो परेको चट्याङले जिल्लाको जुंगु गाविसमा एक युवकको मृत्यु भएको छ । छिमेकीको दाहसंस्कारका लागि मलामी गएका जुंगु– ३ का मानबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक बिनोद कुमार सुनुवारका अनुसार मानबहादुर मंगलबार दिउँसो छिमेकीको दाहसंस्कारमा सहभागी हुन जुंगु– ६ स्थित च्यानडाँडा पुगेका थिए । दिउसो करिब २ः३० बजे अचानक परेको चट्याङ लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको स्थानीय ज्ञानबहादुर जिरेलले जानकारी दिए ।

चटेयाङ लागेर मलामी गएका एक दर्जन स्थानीय सामन्य घाइते भएको जिरेलले जानकारी दिए । जुंगु–२ का अमरबहादुर जिरेलको मृत्यु भएपछि स्थानिय मंगलबार बिहान च्यानडाँडामा मलामी गएका थिए ।

 

प्रकाशित: ४ आश्विन २०७३ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App