१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मूल्यबृद्धिबारे लेखा समितिले छलफल गर्ने

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले चिनीसहित दैनिक उपभोग्यवस्तुको मूल्य तथा आपूर्ति सम्बन्धमा देखिएको समस्याबारे सरोकारवालासँग आज छलफल गर्दैछ।

चाडवाड नजिकिएसँगै उपभोग्य वस्तुको अभाव भएको, पाएपनि मूल्य अकाशिएको, अखाद्य पदार्थ मिसाइएको लगायत गुनासो बढेपछि संसदीय समितिले छलफल गर्न लागेको हो। समितिका सचिव डा. रोजनाथ पाण्डेले बैठकको सबै तयारी भएको जानकारी दिए।

पछिल्लो चरण बजारमा चिनीको मूल्य पनि बढेको छ। सरकारले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ तर तोकिएको मूल्य भन्दा बढी रकममा चिनी बेचिरहेको समाचार सार्वजनिक भएपछि संसदीय समितिले त्यसबारेमा पनि चासो देखाएको हो। यसैगरी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश बजारमा तरकारी तथा फलफूलको मूल्य ७५ प्रतिशतसम्म बढेको छ।

प्रकाशित: १८ आश्विन २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App