१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दियामा यातायात सेवा ठप्प, यात्रु मर्कामा

बर्र्दिया– कृष्णसार यातायात व्यबसायी संघले जिल्लाबाट चल्ने लामो र छोटा दूरिका यातायात सेवा ठप्प पारेपछि यात्रु अलपत्र परेका छन्। स्थानीय प्रशासनले भेरी प्रालिका नाममा रुटपरमिट र व्यत्तिगत गाडीलाई सञ्चालनमा गर्न संरक्षण गरेको भन्दै त्यसको विरोधमा मंगलबारदेखि यातायातका सम्पूर्ण साधन संघले ठप्प पारेको हो।

अलपत्र यात्रुले निजी गाडी प्रयोग गरेर गन्तव्य पुगिरहेको अलपत्र यात्रु गोला गाबिसका रामलाल चौधरीले बताए। ‘म लखनउबाट उपचार गराए फर्केको छु,’ उनले भने, ‘रिजर्भ गरेर जान सकिँदैन, पैदल जाने अबस्थामा छैन।’ उनीजस्ता प्राय एक्कासी संघले गरेको बन्दको आह्वानले बीचैमा अलपत्र परेका छन्। बन्दको असर विद्यार्थी, महिला र वृृद्ध समस्या भएको छ। प्रक्रिया र पद्धतिविपरीत गाडी सञ्चालनमा प्रशासनले रोक नलाए लामो समय व्यबसायीले ठप्प पार्ने शम्भु रिजालले बताए।

‘प्रशासनको संरक्षणमा दुई चार दिन गाडी संचालन गरेर व्यत्तिगत नाममा गाडी बेच्ने चलखेल प्रालिको नाममा भईरहेको छ,’ उनले भने। ‘संघलाई एकाधिकार लादेको आरोप छ,’ उनले आक्रोश पोखे, ‘आलोपालोमा गाडी सञ्चालन भएको छ,’ संघले ५ सय गाडी एक दिनमा छुटाउन सक्छ।’ उता भेरी प्रालिले संघले सुबिधा सम्पन्न गाडी सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले बताए।

‘सर्बसाधरणलाई दिन खोजेको स्तरीय विरोधमा संघ लागेको छ,’ उनले भने। शान्तिपूर्ण गरिरहेको विरोध निरन्तरता दिने संघले जनाएको छ। प्रालिका नाममा नियम मिचेर संचालन भएका गाडीप्रति संघको आपत्ति छ। प्रजिअ बिष्णबहादुर थापाले यातायात कसैको एकाधिकार हुन नदिना लागी प्रालिका गाडीलाई सहज आवागमन गराउँन सहयोग गरेको बताए। ‘प्रक्रिया पुराएका गाडी सहज रुपमा चल्नमा कसैको रोक लगाउँन सक्दैन’ उनले भने। 

प्रकाशित: ४ आश्विन २०७३ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App