१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

रौतहट– रौतहट प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बुधबारदेखि लागू गरेको छ। चाडपर्व आउन थालेपछि अवाञ्छित तत्वहरुद्धारा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना रहेकोले पूर्व तयारीका साथै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न जिल्लाभरी नै विशेष सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला सदरमुकाम गौरसहित १८ वटा स्थानीय तहमा तथा पुर्व पश्चिम राजमार्गमा पर्ने रौतहटको सीमा क्षेत्रमा रात्रि गस्ती परिचालन गरिएको हो। चाडपर्वको समयमा प्रत्येक बर्ष राजमार्गको विभिन्न क्षेत्रमा रात्रि बसलाई लक्षित गरेर आपराधिक तत्वहरुले लुटपाटको घटना गरेको पाइएकोले यस वर्ष पहिलेदेखि नै सचेतना अपनाउँदै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको रौतहट प्रहरीका प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरको विशेष निर्देशनमा हिन्दुहरुको महान पर्व वडा दशै, दिपावली र छठ पर्वमा कुनै किसिमको अवान्छित गतिविधि एवं उच्श्रृंखल तथा आपराधिक क्रियाकलाप हुन नदिई भयरहित शान्तिपूर्ण वातावरणमा पर्व मनाउने उद्देश्यबाट रौतहट जिल्लाभरी नै विशेष सुरक्षा योजना बुधबाट संचालनमा आएको एसपी ढकालले बताए। 

राजधानी जाने तथा राजधानीबाट फर्किने यात्रुहरुलाई विशेष गरी रात्री बसमा जंगल क्षेत्रमा आपराधिक गतिविधि हुने गरेको देखिएको छ। कुनै पनि घटना हुनुभन्दा पहिले नै पूर्व सतर्कता अपनाएर यस पालि समयमै चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएकोले निर्धक्क भएर सुरक्षित भएर यात्रा गर्न सबैलाई एसपी ढकालले आग्रह गरेका छन्। सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएकोले कुनै पनि किसिमको चिन्ता नलिन र सुरक्षा व्यवस्थाप्रति सबैलाई विश्वस्त हुन पनि एसपी ढकालले आग्रह गरेका छन्। 

यस्तै, दशैको समयमा जिल्ला भरी रहेका प्रहरी इकाईहरुलाई सक्रिय बनाइएको तथा बजार, मेला लाग्ने स्थलमा प्रहरी उपस्थिति बढाएर जुवा, तास, अबैध मदिरा विक्री वितरणमा रोक लगाउदा अपराधिक क्रियाकलाप माथि नियन्त्रण गर्ने उद्देश्यबाट प्रहरी अहो रात्रि खटेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता गरेका छन्।

जिल्लाभरी रहेका एम्बुलेन्स, दमकल, मेडिकल टिमलाई जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तयारी अवस्थामा राखिने अप्ठ्यारो आईपरेको खण्डमा परिचालन गरेर जनतालाई चाँडै उद्धार गर्ने नितिका साथ आजैबाट विशेष सरक्षा योजना सुरु भएको हुँदा स्थानीय बासिन्दा, नागरिक समाज, बौद्धीक समाज, राजनितिक दल लगायतबाट यस कार्यमा सहयोग पुर्याउन समेत एसपी ढकालले अपिल गरेका छन्।

सीमावर्ती क्षेत्रबाट हुने अपराधिक गतिविधिलाई निष्तेज पार्नका लागि सीमावर्ती क्षेत्रमा पनि गस्तीलाई २४ सौं घण्टा परिचालन गरिएको छ। छिमेकी जिल्लाहरुबाट पनि समन्वय गरी सुरक्षालाई थप बलियो बनाउने नीतिका साथ अघि बढेको उनले स्पष्ट पारे।

प्रकाशित: १७ आश्विन २०७५ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App