१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुटुरोग लाग्न नदिन नर्भिकको प्रशिक्षण

काठमाडौं – नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी १ सय ५० जनालाई प्रशिक्षण दिइएको थियो।

अस्पतालका मुटुरोग विशेषज्ञ यादव भट्टका अनुसार नर्भिकका चिकित्सकले मुटुरोग लाग्न नदिन के गर्ने, मुटुरोगबाट बच्न उच्चरक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल कसरी नियन्त्रणमा राख्ने, रक्सी र चुरोटले कसरी मुटुरोग लाग्छ भन्ने विषयमा शिक्षामूलक जानकारी दिएका थिए।

मुटरोग विशेषज्ञ भट्टका अनुसार अस्पतालले नेपालमा बढ्दो मुटुरोगलाई समयमै रोकथाम गर्न तथा वल्र्ड हार्ट फेडरेसनको नारालाई सार्थक पार्न कार्यक्रमको आयोजना गरिएको हो । ‘मुटुरोगका बारेमा एक जनाले मात्र बुझे भने सम्ुदायमा सयौं जनाले थाहा पाउँछन् र स्वस्थ्य जीवनको कला सिक्छन्,’ उनले भने । प्रशिक्षणमा कसैलाई हृदयाघात भएमा कसरी उद्धार गर्ने भन्ने पनि सिकाइएको थियो । प्रशिक्षणमा अस्पतालमा उपचाररत बिरामीका आफन्त, पहिला मुटुरोग भएर निको भएका बिरामी र तिनका आफन्त सहभागी थिए।

श्वास फेर्न गाह्रो भए, छाति दुखे, मुटुको ढुकढुकी बढे र अन्य नयाँ लक्षण देखिए मुटुरोग हुनसक्ने डा. भट्टले बताए । यी लक्षणसहित उच्चरक्तचाप, मधुमेह, उच्चकोलस्ट्रोल, रक्सी र चुरोट सेवनले मुटुरोगको जोखिम हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गरी मुटुरोगबाट बच्न सकिने सुझाए । प्रशिक्षणमा डा. यादव भट्ट, डा. जे.पञ्जियसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोषलाल श्रेष्ठ, डा. सेवांग, डा. कामाक्षा शाह, पोषण विज्ञ चन्द्रमाला अवस्थी, डा. सुशांक र डा. प्राची पाण्डेय संलग्न थिए।

प्रकाशित: १७ आश्विन २०७५ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App