१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौं - आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ मा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्।

नेपालले पहिलो खेलमा बुधबार म्यानमारको सामना गर्नेछ भने दोस्रो खेल अक्टोवर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले पहिलो खेलमा बुधबार म्यानमारको सामना गर्नेछ भने दोस्रो खेल अक्टोवर ६ मा मलेसियासँग खेल्नेछ।

यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट कमिटीले सोमबारबाट सुरु हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको थियो।

आइतबार घोषित टोलीमा ओपनर प्रदीप ऐरीले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका थिए । १४ सदस्यीय टोलीमा पारस, प्रदीप, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार शाह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, शरद् भेषावकर, करण केसी, वसन्त रेग्मी, सोमपाल कामी, ललितनारायण राजवंशी, आरिफ  शेख र ललित भण्डारी स्थान बनाउन सफल भएका हुन् ।त्यस्तै सागर पुन, सुनील धमला, दीपेश श्रेष्ठ र साहब आलम वैकल्पिक खेलाडीका रूपमा रहेका छन्।

प्रकाशित: १५ आश्विन २०७५ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App