१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षण संस्था अनुगमन

महेन्द्रनगर – भीमदत्त नगरपालिकामा विद्यालय अनुगमन सुरु गरिएको छ। भीमदत्त नगरपालिका नगर शिक्षा समितिले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र संस्थागत विद्यालयमा अनुगमन सुरु गरेको हो।

अनुगमनमा नगर शिक्षा समितिका सदस्य, भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका कर्मचारी र पत्रकार सहभागी भएका छन्। भीमदत्त नगरपालिका वडा नं. १२ ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा अनुगमन सुरु गरिएको भीनपा आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति भवानी प्रसाद पन्तले जानकारी दिए।

‘नगरभित्रका शिक्षण संस्थाहरुको शैक्षिक, भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन गरिएको छ, त्यो पूर्णा मावि ऐरीबाट सुरु गरिएको छ’ स्रोत व्यक्ति पन्तले भने, ‘नगरका अधिकाँश शिक्षण संस्थाको अनुगमन गर्छाै।’

नगर शिक्षा समिति गठन गरिएपछि नगर प्रमुख सुरेन्द्र बिष्टले नगरको शैक्षिक अवस्था सुधारलाई प्राथमिकता दिएको बताए। नगर प्रमुख बिष्ट नगर शिक्षा समितिको अध्यक्ष हुन्।

पूर्णा माविबाट सुरु गरी अहिलेसम्म आधा दर्जन विद्यालयमा अनुगमन गरिएको छ। भीनपा–५ सुकासालको महेश्वरी मावि, भीनपा–१२ मा कञ्चन विद्या मन्दिर, भीनपा–९ मा महाकाली आधारभूत विद्यालय, भीनपा–१ बाराकुण्डामा मा प्रगति युवा आधारभूत विद्यालय, भीनपा–७ मा सिद्धेश्वर आधारभूत विद्यालय र भीनपा–७ र जनज्योति आधारभूत विद्यालय अनुगमन गरिएको हो।
अनुगमनमा नगर शिक्षा समितिका सदस्यहरु प्रेस प्रसाद जैसी, जीत बहादुर बम, द्रोपती जोशी, उमा जोशी, भीनपाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, स्रोत व्यक्ति भवानी प्रसाद पन्त लगायतका सहभागी छन्।

अनुगमनका क्रममा शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना, कार्यक्रम लगायतका विषय हेरिएको नगर शिक्षा समितिका सदस्य बमले जानकारी दिए।

उनले विद्यालय अनुगमनपछि प्रतिवेदन तयार गरी नगर क्षेत्रको शैक्षिक अवस्था सुधारका लागि ठोस कार्य योजना बनाउने जानकारी दिए। भीनपामा ५५ सामुदायिक र ५६ संस्थागत विद्यालय सञ्चालनमा छन्।

प्रकाशित: १५ आश्विन २०७५ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App