१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

यु–१९ एसिया कप : नेपालद्वारा अफगानिस्तानसामु १३२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

बिकेएसपी फोर मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाउन सक्यो। 
निर्धारित ५० ओभरको खेलमा नेपाली ब्याट्सम्यान अफगानिस्तानी बलरसामु क्रिजमा टिक्न सकेनन्। 

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४९ रन बनाए। रसिद खान २९, अरिफ शेख २० र रित गौतमले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। 

अफगानिस्तानका अजमउल्लाह ओमारजै ४ तथा अब्दुल रहमान र कैस अहमदले समान २–२ विकेट लिए।
अफगानिस्तानले जवाफी व्याटिङ्ग गरिरहेको छ। 

प्रकाशित: १५ आश्विन २०७५ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App